ट्रायल पास गर्नेले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने

काठमाडौं - सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि ट्रायल पास गरेका सेवाग्राहीले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने भएका छन् । स्मार्ट लाइसेन्स नपाउने बेलासम्मका लागि ट्रायल पास गर्ने सेवाग्राहीलाई यस्तो रसिद दिन लागिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार २९ साउनमा बसेको संघ र प्रदेशका यातायात मन्त्रालयका प्रतिनिधि तथा सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

तत्काल लाइसेन्स उपलब्ध गराउन नसक्ने भएपछि सरकारले सवारी चालक पहिचानका लागि फोटो र क्यूआर कोड सहितको रसिद वितरण गर्ने योजना ल्याएको रिजालले सुनाए । यसका साथै ट्राफिक प्रहरीलाई पनि क्यूआर कोड ‘रिड’ गर्ने मेसिन उपलब्ध गराइने भएको छ । 

त्यस्तै, यसअघि सबै स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सङ्घीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले गर्दै आएको थियो । अब भने लाइसेन्स छपाइको काम अन्य प्रदेश स्थित यातायात कार्यालयहरूबाट पनि हुने भएको छ ।

हाल देशैभर ट्रायल पास गरेका १७ लाखभन्दा बढी सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन बाँकी छ । उनीहरूले नाम, नागरिकता नम्बर, लाइसेन्स नम्बर उल्लेख गरिएको रसिद बोकेर स्मार्ट लाइसेन्सको काम चलाइरहेका छन् ।

सम्बन्धित समाचारहरू

सुरक्षण मुद्रण केन्द्रमार्फत दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

सुरक्षण मुद्रण केन्द्रमार्फत दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई...

ड्राइभिङ लाइसेन्सको फारम तत्काल नखुल्ने

ड्राइभिङ लाइसेन्सको फारम तत्काल नखुल्ने

काठमाडौं – यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम...

एक लाख ७६ हजार लाइसेन्स वितरण गर्न ६ महिना लाग्ने

एक लाख ७६ हजार लाइसेन्स वितरण गर्न ६ महिना लाग्ने

भक्तपुर–यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...