चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावरबाट चल्ने सबै कार फेज आउट गर्ने भएको छ । निक्की एसियामा प्रकाशित रिपोर्ट अनुसार चीनको इन्डष्ट्री तथा इन्फर्मेसन टेक्नोलोजी मन्त्रालयको निर्देशन अनुसार यसका लागि आवश्यक रोडम्याप तयार गरिएको हो ।

चीनको भविष्यको अटोमोटिभ नीतिका लागि यो एउटा आधार हुनेछ । रोडम्याप अनुसार सन् २०३५ सम्म बिक्री हुने कार मध्ये आधा ‘न्यु इनर्जी’ भेइकल हुनेछन् भने आधा हाइब्रिड हुनेछन् । क्रमिक रुपमा गरिने सो रुपान्तरण अनुसार न्यु इनर्जी मोडल मध्ये ९५ प्रतिशत इलेक्ट्रिक सवारी हुनेछन् ।

त्यसैगरी सन् २०३० सम्म यस्ता हाइब्रिडमा ७५ प्रतिशत ग्यासोलिन पनि हुनेछ भने २०३५ सम्म शतप्रतिशत हुनेछ । यसको अर्थ हाइब्रिडमा हुने पावरट्रेनमा ग्यासोलिन इन्जिन पनि समावेश हुन सक्ने छ । २०३५ पछि परम्परागत ग्यासोलिन पावर्ड कार भने उत्पादन हुने छैनन् ।

चीनले यो भन्दा पहिले पनि यस प्रकारको दिशामा आवश्यक कार्य भने गरेको थियो । वास्तवमा चीनले सन् २००९ र २०१९ देखि नै यस प्रकारका नयाँ कारलाई अनुदान दिने नीति लिएको थियो । चीनले अहिले पनि विश्वमा बिक्री हुने न्यु इनर्जी कार मध्ये करिब आधा संख्यामा उत्पादन गर्दै आएको छ । यद्यपि चीनमा बिक्री भएका कार मध्ये यी ५ प्रतिशत मात्र छन् ।

चीन भन्दा पहिले नै अन्य केही देशले समेत यस दिशामा कार्य गरिरहेका छन् । नर्वेले इन्टरन कम्बसन इन्जिनयुक्त गाडीलाई सन् २०२५ देखि नै पूर्ण रुपमा निषेधित गर्ने घोषणा गरेको छ । त्यसैगरी आइसल्यान्ड, इजरायल र सिंगापुरले पनि यस्तै घोषणा गरेका छन् ।

नेपालले पनि विस्तारै यस दिशामा जाने घोषणा भने गरेको छ । तर के सम्भव होला ?

सम्बन्धित समाचारहरू

नियूको एक्सचेन्ज क्याम्पेन आजदेखी शुरु, नगद छुट र अतिरिक्त एक्सचेन्ज मूल्यांकन पाइने

नियूको एक्सचेन्ज क्याम्पेन आजदेखी शुरु, नगद छुट र अतिरिक्त एक्सचेन्ज मूल्यांकन पाइने

इलेक्ट्रिक स्कुटर नियूले आजदेखी एक्सचेन्ज क्याम्पेन आयोजना गरेको छ ।...

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बजार मूल्यमा हुन्डाइलाई उछिन्यो कियाले

बजार मूल्यमा हुन्डाइलाई उछिन्यो कियाले

कियाको बजार मूल्यले सन् २००१ पछि पहिलो पटक हुन्डाईलाई उछिनेको छ । स्टकमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...