दिगो अटो कार्निभल सम्पन्न : ५ गाडी हस्तान्तरण, ३३ गाडी बुकिङ
नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको...
चीनले सन् २०३५ सम्म ग्यासोलिन पावरबाट चल्ने सबै कार फेज आउट गर्ने भएको छ । निक्की एसियामा प्रकाशित रिपोर्ट अनुसार चीनको इन्डष्ट्री तथा इन्फर्मेसन टेक्नोलोजी मन्त्रालयको निर्देशन अनुसार यसका लागि आवश्यक रोडम्याप तयार गरिएको हो ।
चीनको भविष्यको अटोमोटिभ नीतिका लागि यो एउटा आधार हुनेछ । रोडम्याप अनुसार सन् २०३५ सम्म बिक्री हुने कार मध्ये आधा ‘न्यु इनर्जी’ भेइकल हुनेछन् भने आधा हाइब्रिड हुनेछन् । क्रमिक रुपमा गरिने सो रुपान्तरण अनुसार न्यु इनर्जी मोडल मध्ये ९५ प्रतिशत इलेक्ट्रिक सवारी हुनेछन् ।
त्यसैगरी सन् २०३० सम्म यस्ता हाइब्रिडमा ७५ प्रतिशत ग्यासोलिन पनि हुनेछ भने २०३५ सम्म शतप्रतिशत हुनेछ । यसको अर्थ हाइब्रिडमा हुने पावरट्रेनमा ग्यासोलिन इन्जिन पनि समावेश हुन सक्ने छ । २०३५ पछि परम्परागत ग्यासोलिन पावर्ड कार भने उत्पादन हुने छैनन् ।
चीनले यो भन्दा पहिले पनि यस प्रकारको दिशामा आवश्यक कार्य भने गरेको थियो । वास्तवमा चीनले सन् २००९ र २०१९ देखि नै यस प्रकारका नयाँ कारलाई अनुदान दिने नीति लिएको थियो । चीनले अहिले पनि विश्वमा बिक्री हुने न्यु इनर्जी कार मध्ये करिब आधा संख्यामा उत्पादन गर्दै आएको छ । यद्यपि चीनमा बिक्री भएका कार मध्ये यी ५ प्रतिशत मात्र छन् ।
चीन भन्दा पहिले नै अन्य केही देशले समेत यस दिशामा कार्य गरिरहेका छन् । नर्वेले इन्टरन कम्बसन इन्जिनयुक्त गाडीलाई सन् २०२५ देखि नै पूर्ण रुपमा निषेधित गर्ने घोषणा गरेको छ । त्यसैगरी आइसल्यान्ड, इजरायल र सिंगापुरले पनि यस्तै घोषणा गरेका छन् ।
नेपालले पनि विस्तारै यस दिशामा जाने घोषणा भने गरेको छ । तर के सम्भव होला ?
नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको...
काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई...
भारतको दिल्ली सरकारले इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलालाई ३६ हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...