ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट
काठमाडौं – नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक...
काठमाडौं – बतास समुह अन्र्तगत त्रिथुङ्गा ट्रेडिङ प्रालि र पेट्रोनस लुब्रिकेन्ट इन्डिया प्रालिको संयुक्त आयोजनामा पेट्रोनस स्प्रिन्टा – चाइ पकौडा ब्रेकफास्ट राइड आयोजना हुने भएको छ । इन्डिया बाइक विक (आईबीडब्ल्यु) र काठमाडौं लेजेन्डको संयुक्त सहकार्यमा हुने सो राइड नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो ।
पेट्रोनस, ग्लोबल फच्र्युन ५०० अन्तर्गतको बहुप्रतिष्ठित कम्पनी हो । कम्पनीले प्राकृतिक ग्याँसका साथै, पेट्रोलियम उत्पादनहरु सयौ देशमा बिक्री वितरण गर्दै आएको छ । यस मध्ये पेट्रोनस लुब्रिकेन्टले दुई पांग्रे, तीन पांग्रे, चार पांग्रे र अन्य सवारी साधनको साथै कारखानाहरुमा प्रयोग हुने लुब्रिकेन्ट आयल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । यी मध्ये दुई पांग्रेमा प्रयोग हुने इन्जिन आयललाई पेट्रोनस स्प्रिन्टा भनिन्छ । त्यस्तै गरी चार पांग्रेमा प्रयोग हुने लाई पेट्रोनस सिन्टियम भनिन्छ र ठुलो गाडीमा लाग्ने इन्जिन आयललाई पेट्रोनस युरानिया भनिन्छ । यसका साथै हाइड्रोलिक आयललाई हाइड्रोसर भनिन्छ र ट्रान्समिसन आयललाई टुटेला ट्रान्समिसन भनिन्छ ।
आगामी शनिबार आयोजना हुने पेट्रोनास स्प्रिन्टा – चाइ पकौडा ब्रेकफास्ट राइड कार्यक्रममा देशभरीका सबै दुई पांग्रे सवारहरुको सहभागिता हुनेछ । भारतमा पेट्रोनस स्प्रिन्टा – चाइ पकौडा ब्रेकफास्ट राइड इन्डिया बाइक विक (आईबीडब्ल्यु) ले समय समयमा बर्षै भरी नै यस्तै प्रकारको कार्यक्रम आयोजना गर्दै आइराखेकोछ र यो संस्करण नेपालमा पहिलो पटक हुन लागेको हो । कार्यक्रममा देश भरका करिब १५० देखि २०० जना सवारहरुको सहभागी रहने जारी विज्ञप्तिमा उल्लेख छ ।
पेट्रोनास स्प्रिन्टा – चाइ पकौडा ब्रेकफास्ट राइड कार्यक्रमले विभिन्न क्षेत्रका बाइकरहरुलाई एकै ठाउँमा भेला गराई मित्रता बढाउने काम गर्दछ । साथै आन्तरिक पर्यटनमा समेत टेवा पु¥याउने काम गर्दछ । त्रिथुङ्गा ट्रेडिङ प्रालिका बिजनेश हेड श्याम पाण्डे भन्छन्, ‘यस कार्यक्रमको आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौँ र यस कार्यक्रममा उत्साहजनक सहभागिता रहने अपेक्षा गरेका छौ ।’
पेट्रोनस स्प्रिन्टा – चाइ पकौडा ब्रेकफास्ट राइड काठमाडौंको ढुङ्गेअड्डास्थित त्रिथुङ्गा कम्प्लेक्समा बिहान ८ बजेबाट शुरु भई धुलिखेलस्थित मिराबेल रिसोर्टमा ब्रेकफास्ट गरी समापन हुनेछ ।
काठमाडौं – नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक...
तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो...
काठमाडौं – नेपाली बजारमा किर्लोस्कर ब्रान्डको नयाँ लुब्रिकेन्ट अर्थात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...