नेपालमै पहिलो पटक सम्पन्न भयो पेट्रोनस स्प्रिन्टा–चाय पकौडा ब्रेकफास्ट राइड

काठमाडौं – नेपालमा पहिलो पटक पेट्रोनस स्प्रिन्टा–चाय पकौडा ब्रेकफास्ट राइड सम्पन्न भएको छ । शनिबार आयोजित राइडमा २ सय भन्दा बढी दुई पाँग्रे बाइक तथा स्कुटर सहभागी भए ।

पेट्रोनसको लागि नेपालको आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गत त्रिथुंगा ट्रेडिङ प्रालिको शोरुम कलंकी ढुंगेअड्डाबाट सुरु भएको राइड धुलिखेलस्थित मिराबेल रिसोर्टसम्म पुगेको थियो । बतास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्ताराज बतास र त्रिथुंगाका प्रबन्ध निर्देशक शिशिर सुवेदीले राइडको उद्घाटन गरेका थिए ।

राइडमा नेपालसँगै भारतका राइडरहरु पनि सहभागी थिए । इन्डिया बाइक विक (आईबीडब्ल्यु) र काठमाडौं लेजेन्डको संयुक्त सहकार्यमा सो राइड आयोजना भएको थियो ।

बतास अर्गनाइजेसनका प्रबन्ध दिर्नेशक शान्ताराज बतासले राइडमा धेरैको आकर्षण देखिएको बताउँदै राइडमा सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । त्रिथुंगाका प्रबन्ध निर्देशक शिशिर सुवेदीले त्रिथुंगाले नेपाली बजारमा पेट्रोनस ब्रान्डको प्रिमियम लुब्रिकेन्ट्स बिक्री वितरण गरिरहेको र आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गरिरहने बताए ।

त्रिथुङ्गा ट्रेडिङ प्रालिका बिजनेश हेड श्याम पाण्डे भन्छन्, ‘यस कार्यक्रमको आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।’ नेपालमा आयोजित पेट्रोनास स्प्रिनटा–चाय पकौडा ब्रेकफास्ट राइडमा धेरै राइडरहरुको आकर्षण देखिएको पाण्डेले बताए ।

विभिन्न क्षेत्रका राइडरहरुलाई एकै ठाउँमा भेला गराई मित्रता बढाउन कार्यक्रम प्रभावकारी भएको आयोजकको विश्वास छ ।

पेट्रोनस, ग्लोबल फच्र्युन ५०० अन्तर्गतको बहुप्रतिष्ठित कम्पनी हो । कम्पनीले प्राकृतिक ग्याँसका साथै, पेट्रोलियम उत्पादनहरु सयौ देशमा बिक्री वितरण गर्दै आएको छ । यस मध्ये पेट्रोनस लुब्रिकेन्टले दुई पांग्रे, तीन पांग्रे, चार पांग्रे र अन्य सवारी साधनको साथै कारखानाहरुमा प्रयोग हुने लुब्रिकेन्ट आयल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

यी मध्ये दुई पांग्रेमा प्रयोग हुने इन्जिन आयललाई पेट्रोनस स्प्रिन्टा भनिन्छ । त्यस्तै गरी चार पांग्रेमा प्रयोग हुने लाई पेट्रोनस सिन्टियम भनिन्छ र ठुलो गाडीमा लाग्ने इन्जिन आयललाई पेट्रोनस युरानिया भनिन्छ । यसका साथै हाइड्रोलिक आयललाई हाइड्रोसर भनिन्छ र ट्रान्समिसन आयललाई टुटेला ट्रान्समिसन भनिन्छ ।

सम्बन्धित समाचारहरू

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त

युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ। रूसको राष्ट्रपति भवनमा...

भिडोलका डाइरेक्टरको भनाइ – नेपाली लुब्रिकेन्ट उद्योगमा सक्रिय र महत्वपूर्ण खेलाडी बन्न चाहन्छौ

भिडोलका डाइरेक्टरको भनाइ – नेपाली लुब्रिकेन्ट उद्योगमा सक्रिय र महत्वपूर्ण खेलाडी बन्न चाहन्छौ

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट...

जाडोमा किन कारको इन्जिन आयलको सही हेरचाह अनिवार्य छ ?

जाडोमा किन कारको इन्जिन आयलको सही हेरचाह अनिवार्य छ ?

जाडो मौसममा कारलाई बढी हेरचाह गर्नुपर्छ । रिपोर्टका अनुसार चिसो मौसममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...