पेट्रोनस लुब्रिकेन्टको रिटेलर तथा मेकानिक्स मिट सम्पन्न

काठमाडौं – पेट्रोनस लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता त्रिथुंगा ट्रेडिङ कन्सर्नले प्रशंसा अटोसँगको सहकार्यमा वाग्मती प्रदेश स्तरिय रिटेलर तथा मेकानिक्स मिट सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो मिट सम्पन्न भएको हो ।

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष सुनिल रिजाल प्रमुख अतिथि थिए भने विशेष अतिथि नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने रहेका थिए । प्रशंसा अटोका प्रबन्ध निर्देशक मनिश नगरकोटीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वाग्मती प्रदेशका एक सय जना भन्दा बढी रिटेलर तथा मेकानिक्सको उपस्थिति रहेको थियो ।

कार्यक्रमा त्रिथुंगा ट्रेडिङ कन्सर्नका बिजनेश हेड श्याम पाण्डे, नेसनल सेल्स हेड अभिषेक अधिकारी, इन्डस्ट्रियल हेड पदम राना लगायतले रिटेलर तथा मेकानिक्सलाई कम्पनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार र लुब्रिकेन्टको गुणस्तरका बारेमा जानकारी दिएका थिए ।

पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा उपलब्ध छ । नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ । पेट्रोनस लुब्रिकेन्ट फर्मुला वान, डकार र्याली र मोटोजिपी जस्ता मोटर स्पोर्ट्स गेममा समेत प्रयोग गरिन्छ ।

सम्बन्धित समाचारहरू

धनुषामा अब युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग, नेपालमै बन्ने भयो लुब्रिकेन्ट (भिडियो सहित)

धनुषामा अब युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग, नेपालमै बन्ने भयो लुब्रिकेन्ट (भिडियो सहित)

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट...

नेपाल प्रहरी र सशस्त्र प्रहरीका पेट्रोल पम्प अब २४सै घण्टा खुला

नेपाल प्रहरी र सशस्त्र प्रहरीका पेट्रोल पम्प अब २४सै घण्टा खुला

काठमाडौँ – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प...

जाडोमा किन कारको इन्जिन आयलको सही हेरचाह अनिवार्य छ ?

जाडोमा किन कारको इन्जिन आयलको सही हेरचाह अनिवार्य छ ?

जाडो मौसममा कारलाई बढी हेरचाह गर्नुपर्छ । रिपोर्टका अनुसार चिसो मौसममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...