रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त
युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ। रूसको राष्ट्रपति भवनमा...
पेट्रोनास लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक त्रिथुंगा ट्रेडिङ प्रालिले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । तीन दिनसम्म चलेको उक्त कार्यक्रमलाई कम्पनीले ‘मिसन १००० आवसिय डिलर मिट’ नाम दिएको थियो । उक्त मिसन अनुसार यो आर्थिक वर्षमा कम्पनीले १ हजार किलोलिटर अर्थात १० लाख लिटर लुव्रिकेन्ट बिक्री गर्ने लक्ष्य लिएको कम्पनीका विजनेस हेड श्याम पाण्डेले बताए ।
कम्पनीका प्रवन्ध निर्देशक डिल्लिराज सुवेदीको अध्यक्षता तथा बतास अर्गनाइजेसनका भाइस प्रेसिडेन्ट एवं प्रवन्ध निर्देशक शान्तराज बतासको प्रमुख आतिथ्यतामा नगरकोटमा सम्पन्न सो कार्यक्रममा देशभरबाट ४० भन्दा बढी डिलर प्रतिनिधीले सहभागीता जनाएका थिए ।
उक्त कार्यक्रमको अवसरमा कम्पनीले उत्कृष्ट डिलरहरुलाई अवार्डमार्फत सम्मानीत समेत गरेको छ । अवार्ड पाउने डिलरहरुमा बागमती क्षेत्रबाट प्रशंसा अटो ट्रेड लिंक, इस्टर्नमा प्रकाश अटोमोबाइल बिर्तामोड, सेन्ट्रलमा गुगल अटोपार्टस हेटौंडा, वेष्टर्नमा सत्यम सप्लायर्स चितवन रहेका छन् । उनीहरुले वेष्ट डिलर अवार्ड हात पारेका हुन् ।
यसैगरी वेस्ट इमर्जिङ डिलर अवार्ड कुमारी अटो ट्रेड लिंकले प्राप्त गरेको छ भने बेस्ट पेमेन्ट डिलर आरपी सप्लायर्स नुवाकोटले प्राप्त गरेको छ । सत्यम सप्लायर्स चितवनले सबैभन्दा बढी इन्सेन्टिभ प्राप्त गर्न सफल भएको छ । कार्यक्रममा गत आर्थिक वर्षको स्किम विजेता डिलरहरुलाई थाइल्याण्ड टुरमा पठाउने निर्णय समेत गरिएको छ ।
वतास अर्गनाइजेसन अन्तर्गतको यो कम्पनीले पेट्रोनास लुव्रिकेन्ट्स सहित ग्लोव्याट, डेल्टा र एमट्याक व्याट्रीको साथै माइक्रोटेक व्रान्डको युपिएस समेत आयत गरी कारोवार गर्दै आइरहेको छ । यी ब्रान्डको बजार अबस्था र आगामी योजनाका बारेमा विजनेश हेड पाण्डे र ‘मिसन १००० आवशिय डिलर’का बारेमा पेट्रोनासका सेल्स हेड अभिषेक अधिकारीले जानकारी प्रदान गरेका थिए ।
युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ। रूसको राष्ट्रपति भवनमा...
काठमाडौं – भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक भीजी ल्युब...
जाडो मौसममा कारलाई बढी हेरचाह गर्नुपर्छ । रिपोर्टका अनुसार चिसो मौसममा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...