पानी मिसिएको इन्धन बेचेकोमा आयल निगमलाई ११ करोड जरिबाना
काठमाडौं – गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले...
काठमाडौं–अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले यहाँको मूल्य यथावत् राखेको छ ।
निगमले एक विज्ञप्ति जारी गरेर आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको जनाएको छ ।
निगमका अनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ सूचीमा पेट्रोलमा २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो ।
मूल्य वृद्धि भएर आए तापनि उपभोक्तालाई पर्न जाने असरलाई ध्यानमा राख्दै निगमले नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...