राजस्व योगदानमा तेस्रो, आयातमा भने १० नम्बरमा पनि परेन, उछिन्यो इलेक्ट्रिकले
सरकारका लागि आवश्यक राजस्व उपलब्ध गराउनका अग्रणी मानिने अटोमोबाइल...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९९ रुपैयाँ (१.५९ डलर) र डिजेल प्रतिलिटर एक सय ९२ रुपैयाँ (१.५३ डलर) पु-याएको छ । पेट्रोलियम महँगो बेच्नेमा नेपाल एसियामा २८ औँ र विश्वमा ८२ औँ स्थानमा छ ।
दक्षिण एसियामा नेपालपछि भुटानमा पेट्रोलियम महँगो छ । त्यहाँ पेट्रोल प्रतिलिटर १.३८ डलर र डिजेल १.२१ डलर छ । भुटानको भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २६ रुपैयाँ र डिजेल ४० रुपैयाँ महँगो छ । श्रीलंकामा पेट्रोल प्रतिलिटर १.२६ डलर (एक सय ५८ रुपैयाँ) र डिजेल १.१२ डलर (एक सय ४० रुपैयाँ) छ । त्यस्तै, पाकिस्तानमा पेट्रोल प्रतिलिटर १.११ डलर (एक सय ३९ रुपैयाँ) र डिजेल १.२५ डलर (एक सय ५७ रुपैयाँ) छ ।
केही दिन अघिसम्म नेपालको भन्दा महँगो मूल्य रहेको भारत पनि अहिले चौथो नम्बरमा छ । नयाँदिल्लीमा पेट्रोल प्रतिलिटर १.२४ डलर (एक सय ५६ रुपैयाँ) र डिजेल १.१५ डलर (एक सय ४४ रुपैयाँ) पुगेको छ ।
दक्षिण एसियामा माल्दिभ्समा पेट्रोलियमको भाउ सबैभन्दा सस्तो छ । माल्दिभ्समा अहिले पेट्रोल प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँ) र डिजेल ०.९६४ डलर (एक सय २१ रुपैयाँ) कायम छ । बंगलादेशमा प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँं ) र डिजेल ०.८५२ डलर (एक सय सात रुपैयाँ) कायम छ । त्यस्तै, अफगानिस्तानमा ०.९५५ डलर (एक सय २० रुपैयाँं) र डिजेल १.१२४ डलर (एक सय ४१ रुपैयाँ) कायम छ । पेट्रोलियम पदार्थ महँगोमा बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा छ । विश्वमा पेट्रोलको औसत मूल्य प्रतिलिटर एक सय ८० र डिजेल एक सय ७२ रुपैयाँ हाराहारी छ ।
संसारभर भेनेजुएलामा पेट्रोलको मूल्य सबैभन्दा सस्तो छ । त्यहाँ पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर ०.०२२ डलर अर्थात दुई रुपैयाँ ७५ पैसा छ । डिजेल भने भेनेजुएलाभन्दा इरानमा सस्तो छ ।
ग्लोबल पेट्रोलप्राइस डटकमका अनुसार इरानमा डिजेलको मूल्य अहिले प्रतिलिटर दुई रुपैयाँभन्दा कम पर्न आउँछ । पेट्रोलियम सस्तोमा बेच्नेमा भेनेजुएलापछि लिबिया र इरान छन । लिबियामा पेट्रोल र डिजेल दुवै प्रतिलिटर ०.०३१ डलर (चार रुपैयाँं) छ । त्यस्तै, इरानमा पेट्रोल प्रतिलिटर ०.०५३ डलर (सात रुपैयाँ) र डिजेल प्रतिलिटर ०.०११ डलर (एक रुपैयाँ ३८ पैसा) छ । पेट्रोलियम पदार्थको भाउ सबैभन्दा महँगो हङकङमा छ । त्यहाँ अहिले पेट्रोल प्रतिलिटर २.९९९ डलर (तीन सय ७५ रुपैयाँ) र डिजेल २.७७१ डलर (तीन सय ४७ रुपैयाँ) छ ।
सरकारका लागि आवश्यक राजस्व उपलब्ध गराउनका अग्रणी मानिने अटोमोबाइल...
नेपालमा भित्रिने अन्य सवारी साधनका साथै इलेक्ट्रिक भेइकल अर्थात ईभीको...
टेक कम्पनी गुगलले प्रयोगकर्ताको अनुभवलाई अझै राम्रो बनाउनका लागि गुगल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...