लोकप्रिय बन्दै पठाओ ट्याक्सी : यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य

काठमाडौं – कोरोना कहरको समयलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) राखिएको छ ।

उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई बिचार गरि प्लास्टिकको पर्दा अनिवार्य गरिएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

क्याप्टेनने मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत ब्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यात बताउँछन् ।

बस्न्यात भन्छन् ’झरीको समयमा पठाओ ट्याक्सी अझ सहज छ । गेट देखि गेट सम्म सेवा भएकोले झरीको समयमा गन्तव्य सम्म पुग्न पठाओ ट्याक्सी उत्तम बिकल्प हो ।’ उनी थप्छन् ’चोकमा ट्याक्सी खोज्न जान नपर्ने र पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सीको लोकप्रियता बड्दो छ ।’

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ’पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखि सुरु गरिएको पठाओ बजार परीक्षणको क्रममा रहेको छ ।

सम्बन्धित समाचारहरू

घट्यो लामो दुरीमा चल्ने सवारी साधनको भाडादर

घट्यो लामो दुरीमा चल्ने सवारी साधनको भाडादर

सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ। नेपाल आयल निगमले मंगलबार राति १२...

लोक सेवा आयोगले माग्यो ३६० जना हलुका सवारी चालक

लोक सेवा आयोगले माग्यो ३६० जना हलुका सवारी चालक

काठमाडौँ – लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान...

हराएका २१ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

हराएका २१ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ – विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...