पठाओको कार्यालय तोडफोड हुँदा १० लाखभन्दा बढीको क्षति

काठमाडौं– पठाओका राइडरले कार्यालयमा तोडफोड गर्दा १० लाख रूपैयाँभन्दा बढी क्षति भएको छ । सोमबार दिउँसो मध्यबानेश्वस्थित पठाओको कार्यालयमा राइडरहरुले तोडफोड गर्दा १० लाख रूपैयाँभन्दा बढी क्षति भएको पठाओले जनाएको छ ।

विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका राइडरहरुले पठाओ कार्यालयमा ढुंगामुढा गर्दा कार्यालयको अधिकांश झ्याल फुटेका छन् भने भित्र राखिएका टेलिभिजन र अन्य उपकरणमा समेत क्षति पुगेको पठाओका क्षेत्रिय निर्देशक अशिममान सिंह बस्नेतले जानकारी दिए । ‘हामीले उहाँहरुको अधिकांश माग पुरा गर्छु भनेकै थियौं तर उहाँहरु एक्कासी आन्दोलनमा उत्रिनुभयो,’ उनले भने, ‘आन्दोलनकारीले गरेको ढुंगा र इट्टा प्रहारबाट अन्दाजी १० लाखभन्दा बढी क्षती भएको छ ।’

पठाओको कार्यालय तोडफोड गर्ने २५ जना राइडरलाई प्रहरीले पक्राउ अनससन्धान सुरु गरेको छ । मा उत्रिएका २६ जनालाई प्रक्राउ गरी अनुसन्धान सुरु गरिएको महानगरिय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

करिव ५० जनाको हाराहारीमा आन्दोलनकारी रहेको भएतापनि को–को थिए भनेर सीसीटीभीको फुटेज मार्फत पहिचान भैरहेको निर्देशक बस्नेतले जानकारी दिए । राइडरहरुले करिव एक हप्ताअघि ११ बुँदे माग पठाओ कार्यालयमा बुझाएका थिए । जसमा पठाओले लिँदै आएको २० प्रतिशत कमिशन ८ प्रतिशतमा झार्नुपर्ने, राइडरको बीमा गर्नुपर्ने, सस्पेन्ड गर्नुअघि राइडरलाई जनाकारी गर्नुपर्ने, बडी प्रोटेक्टिभ गियर अनिवार्य गर्न नहुने, सस्पेन्ड रेकर्ड हेर्न पाउनुपर्ने, यात्रु र राइडर दुवैले राइड क्यान्सिल गर्न मिल्नुपर्ने लगायतका माग गरेका राखेका थिए । तर, कार्यालयले मागको सुनुवाई नगरेकाले आन्दोलनमा उत्रिनुपरेको एक आन्दोलनकारीले नेपाल अटोसँग भने ।

यद्यपि कार्यालयले भने राइडरहरुको माग पुरा गर्न कसरत गरिरहेको तर कतिपय माग पुरा गर्नै नसकिने किसिमको भएकाले छलफल भैरहेको बस्नेत बताउँछन् । ‘हाम्रा राइडरहरुले २० प्रतिशतको कमिशनलाई ८ प्रतिशतमा झार्नुपर्ने माग राखेका छन् यो असम्भव कुरा हो,’ उनले भने, ‘आन्दोलनमा उत्रिएका मानिसहरु अन्य राइड सेयरिङ एपमा पनि काम गर्नुहुन्छ तर उहाँहरुले अरु ठाउँमा यो आवाज उठाउनुभएको छैन पठाओमा मात्र यस्तो आक्रमण भएको देख्दा यो कतै नियोजित र रिसिइबी साँध्नका लागि योजनाबद्ध ढंगले गरिएको होकि जस्तो लागिरहेको छ ।’

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...