सुपर एप बन्दै पठाओ, वार्षिकोत्सवमा किराना, खाजाघर र गेम्स सुविधा थप

काठमाडौं- राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ। कम्पनीले सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सव अवसरमा ग्राहक सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधीकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यातले  ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको जानकारी दिए।

हाल सेयर राइडका साथै फुड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि अब सोही एपबाट ग्राहकले नयाँ थप तीन सेवा पनि पाउने उनको भनाइ छ। थप गरिएका सेवा हाललाई काठमाडौं उपत्यकामा मात्र उपलब्ध हुनेछन्।

कम्पनीले राइड सेयरिङ, फूड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरेसकेकाले अब ‘पठाओ किराना’, ‘पठाओ खाजा घर’ र ‘पठाओ गेम्स’ सेवा सुरुआत गर्न लागिएको जनाएको छ। कम्पनीका अनुसार पठाओ किरानाअन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाटै सहजै खरिद गर्न सकिनेछ। पठाओ खाजाघरमार्फत स्थानीय खाना पसलका खाजा अनलाइनबाटै अर्डर गर्न सकिनेछ।

बिक्रेता पठाओ किराना र पठाओ खाजाघरमा आबद्ध हुन अनिवार्य प्यानमा दर्ता भएको हुनुपर्नेछ। बिक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ। 

पठाओ किराना र पठाओ खाजाघर सुरु साधारण रुपमा सञ्चालन भए पनि एक वर्षभित्र पूर्ण रुपमा डिजिटल प्रविधिमा आधारित बनाइने कम्पनीले जनाएको छ। हाल पठाओले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत असोज १४ सम्म नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिरहेको छ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोबाट भेस्पा र अप्रिलियाका स्कुटर बुक गर्दा ७५ हजारसम्म छुट पाइने

नाडा अटो शोबाट भेस्पा र अप्रिलियाका स्कुटर बुक गर्दा ७५ हजारसम्म छुट पाइने

काठमाडौं – भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक...

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

काठमाडौँ – दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग...

हाम्रै नेपालमा : पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा आगो दन्किएपछि…

हाम्रै नेपालमा : पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा आगो दन्किएपछि…

गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...