बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– पठाओ नेपालले दशैंको अवसरमा दसैं महोत्सव अफर सुरू गरेको छ । आजदेखी सुरू भएको महोत्सव असोज २८ गतेसम्म संचालन हुने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।
महोत्सवमा कम्पनीले राइडरहरूका लागि ‘कम कमिसन धेरै कमाई, यो दसैं रमाई–रमाई’ भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए । कम्पनीले अफरको बम्पर पुरस्कार अन्तर्गत यामाहा सँगको सहकार्यमा दुई जनालाई यामाहा रे–जेडआर १२५ एफआई हाइब्रिड स्कुटर दिने थापाले बताए ।
महोत्सव अवधिभर चालकहरूले केही राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जानेछ । हाल साधारणतया बाइकमा २० प्रतिशत र ट्याक्सीमा १५ प्रतिशत कमिसन रहेको छ । अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा १ प्रतिशतसम्म आउनेछ ।
बम्पर विजेता लक्की ड्रबाट छानिने र लक्की ड्रमा उम्मेदवार बन्नका लागि राइडर, क्याप्टेन(ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन)ले निश्चित नियमका साथ निश्चित राइड पूरा गर्नु पर्ने कम्पनीले बताएको छ ।
कम्पनीले असोज ३० गते पठाओ नेपालको आधिकारिक सामाजिक सञ्जालबाट लाइभ गरी लक्की ड्र मार्फत बम्पर पुरस्कार घोषणा गरिने जनाएको छ । ग्राहकका लागि पनि पठाओले आफ्नो एपमा छुट नै छुट लिएर आएको छ । जसअनुसार ग्राहकहरूले फुड अर्डर, कार राइड र बाइक राइडमा ७० प्रतिशतसम्म छुट पाउनेछन् ।
यस्तै पठाओ फुड डेलिभरीमा पाँच वर्षको उपलक्ष्यमा ५, ५५ र ५५५ रुपैयाँको अफरहरू लिएर आएको कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...