निर्वाचन घोषणापत्रमा सडक र पूर्वाधार सम्बन्धी गरिए यस्ता घोषणा, के छ हालको अवस्था ?

नेपालका प्रमुख राजनीतिक दलहरुले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो दलको घोषणा पत्र जारी गर्ने क्रमलाई तीव्रता दिएका छन् । दलको आगामी योजना र कार्यक्रमको वारेमा सो घोषणापत्रबाट धेरै कुरा थाहा पाउन सकिन्छ । त्यसैले धेरै मतदाताका लागि यो चासोको विषय बन्छ ।

यद्यपि राजनीतिक दलहरूले २०४८ सालदेखि हरेक निर्वाचनमा देशको आर्थिक तथा भौतिक संरचना रूपान्तरण गर्ने ‘गेमचेन्जर’ परियोजनाहरूलाई घोषणापत्रको केन्द्रमा राख्दै आएका छन् । यसमा सडक यातायात र पूर्वाधार सम्बन्धी विभिन्न परियोजनाहरु पनि मुख्य रुपमा समेटिने गरेका छन् ।

पूर्व–पश्चिम विद्युतीय रेलदेखि चीन सम्म चल्ने रेल, काठमाडौं–तराई द्रुतमार्गदेखि बाहिरी चक्रपथ, मेट्रोरेलदेखि हुलाकी राजमार्गसम्मका महत्वाकांक्षी प्रतिबद्धताले चुनावी भाष्यमा निरन्तर स्थान पाएका छन् । तर, तीन दशकभन्दा बढी समय बित्दा पनि अधिकांश योजना घोषणामै सीमित भएको देखिन्छ ।

विद्युतीय रेल : दीर्घकालीन सपना, सीमित भौतिक प्रगति

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तीनै दलले २०४८ सालदेखि पूर्व–पश्चिम विद्युतीय रेल सञ्चालन गर्ने घोषणा गर्दै आएका छन् । विभिन्न निर्वाचनमा समयसीमा नै तोकेर रेलमार्ग सम्पन्न गर्ने वाचा दोहोरिएको छ । तर अहिले सम्म पनि यसले प्रगति लिएको भने देखिदैन ।

हालसम्म बर्दीबास–निजगढ खण्डमा ८२ किमीमध्ये ६८ किमी ट्र्याक बेड निर्माण र १६ वटा रेलपुल सम्पन्न भएका छन् । काठमाडौं–रक्सौल तथा केरुङ–काठमाडौं रेल परियोजना अध्ययन र डीपीआर चरणमै छन् । दशकौँ पुरानो अवधारणा व्यवहारिक कार्यान्वयनमा रूपान्तरण हुन नसक्दा रेल अझै सम्भावनाको विषयमै सीमित छ ।

काठमाडौं–तराई द्रुतमार्ग : लागत वृद्धि, समय लम्बिँदै

काठमाडौंलाई तराईसँग जोड्ने द्रुतमार्गलाई पाँच वर्षभित्र सम्पन्न गर्ने घोषणा २०६४ सालमै गरिएको थियो । तर निर्माण २०७३/७४ तिर मात्रै सुरु भयो । हालसम्म भौतिक प्रगति करिब ४२ प्रतिशत छ । प्रारम्भिक लागत अनुमान एक खर्ब १० अर्ब रुपैयाँबाट बढेर करिब दुई खर्ब ९३ अर्ब पुगेको छ । म्याद २०८३/८४ सम्म पु¥याइएको छ र पुनः थपिने संकेत देखिन्छ । यो आयोजना चुनावी प्रतिबद्धता र कार्यान्वयन क्षमताबीचको अन्तरको उदाहरण बनेको छ ।

मध्यपहाडी र हुलाकी राजमार्ग : रणनीतिक महत्व, सुस्त प्रगति

मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग दुवैलाई विकास र राष्ट्रिय एकीकरणको दृष्टिले रणनीतिक परियोजना मानिन्छ । मध्यपहाडी लोकमार्ग २०६४/६५ मा सुरु भएको हो र करिब ८१.७३ प्रतिशत सम्पन्न भएको छ । यसको लागत ३३ अर्ब ३६ करोडबाट बढेर ८४ अर्ब ३३ करोड पुगेको छ ।

हुलाकी सडक २०६६/६७ बाट सुरु भई ७३.३५ प्रतिशत सम्पन्न भएको छ । यसको लागत ४७ अर्ब २४ करोडबाट बढेर एक खर्ब एक अर्ब ६३ करोड पुगेको छ । दुवै आयोजना पटक–पटक पाँच वर्षे लक्ष्यसहित घोषणापत्रमा दोहोरिए पनि निर्धारित समयसीमा पूरा हुन सकेको छैन ।

मेट्रोरेल/मोनोरेल : अध्ययनमै सीमित

काठमाडौं उपत्यकामा मेट्रोरेल वा मोनोरेल सञ्चालन गर्ने घोषणा दशकभन्दा बढी पुरानो हो । पछिल्ला निर्वाचनमा पनि प्रमुख दलहरूले महानगरहरूमा आधुनिक सार्वजनिक यातायात प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

यद्यपि, विभिन्न सम्भाव्यता अध्ययनबाहेक ठोस निर्माण प्रक्रिया सुरु भएको छैन । लगानी बोर्डले परियोजना सोकेसमा राखे पनि कुनै औपचारिक सम्झौता वा डीपीआर तयार भएको छैन । यसले योजना र संस्थागत निर्णयबीचको समन्वय कमजोर रहेको संकेत गर्छ ।

बाहिरी चक्रपथ : अवधारणा पुरानो, कार्यान्वयन शून्य

काठमाडौं उपत्यकामा ७२ किमी लामो बाहिरी चक्रपथ निर्माण गर्ने अवधारणा २०५८ सालमै अघि सारिएको थियो । तर २४ वर्ष बितिसक्दा पनि सम्भाव्यता अध्ययनबाहेक भौतिक प्रगति भएको छैन । प्रारम्भिक ५६ अर्बको लागत अनुमान तीन खर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ । प्रशासनिक संरचना कायम रहे पनि पूर्वाधार निर्माणमा ठोस उपलब्धि देखिएको छैन ।

सकारात्मक पक्ष : आंशिक उपलब्धि

सबै योजना ठप्प भएका भने होइनन् । देशभर सडक सञ्जाल ३४ हजार ७०७ किलोमिटर पुगेको छ । कालोपत्रे सडक २० हजार ४३ किमी पुगेको छ । राष्ट्रिय राजमार्गमा ३ हजार ५३७ मोटरेबल पुल निर्माण भएका छन् ।

बुटवल–भैरहवा, जनकपुर–ढल्केबर, विराटनगर–इटहरी, नेपालगन्ज–कोहलपुर र वीरगन्ज–पथलैया खण्डहरू ६ लेनसम्म विस्तार भएका छन् । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालन तयारीमा पुगेको छ ।

निष्कर्ष

तीन दशकको चुनावी इतिहासले देखाउँछ के देखाउँछ भने नेपालमा घोषणापत्रमा समावेश गरिएका पूर्वाधार परियोजनाहरू राजनीतिक प्रतिस्पर्धाको साधन बनेका छन् । तर, संस्थागत निरन्तरता, वित्तीय अनुशासन, प्राविधिक तयारी र कार्यान्वयन क्षमताको अभावले अधिकांश ‘गेमचेन्जर’ परियोजना लक्ष्यअनुसार अघि बढ्न सकेका छैनन् ।

आगामी निर्वाचनहरूमा प्रतिबद्धताको पुनरावृत्तिभन्दा पनि यथार्थपरक योजना, स्पष्ट कार्यान्वयन ढाँचा र जवाफदेहिताको सुनिश्चितता नै देश र जनताको मुहार फेर्ने वास्तविक आधार बन्न सक्छ । यस अनुसार नै सबै राजनीतिक दलहरुले सम्भावनायुक्त र उपयुक्त परियोजना ल्याउने लक्ष्यका साथ घोषणा पत्रमा विविध विषय समेट्नु आवश्यक छ ।

सम्बन्धित समाचारहरू

बाइक राइडरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

बाइक राइडरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं–नगरकोट जाने बाटोमा बाइक राइडर युवामाथि कुटपिट गर्ने व्यक्ति...

गैरकानुनी रुपमा सवारी कर उठाएको आरोप, रोक्न गृह मन्त्रालयकाे निर्देशन

गैरकानुनी रुपमा सवारी कर उठाएको आरोप, रोक्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौँ – यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर...

बाढी र पहिरोले देशभरका राजमार्ग अवरुद्ध, कुनको अवस्था कस्तो ?

बाढी र पहिरोले देशभरका राजमार्ग अवरुद्ध, कुनको अवस्था कस्तो ?

काठमाडौं – लामोसमयपछि भएको वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध भएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...