२ घण्टा सम्म पार्किङ गर्दा शुल्क नलाग्ने, पार्किङ वा बहुतल्ले भवनमा १० वर्ष सम्पत्ति कर छुट

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानमा सञ्चालन गरिने पार्किङ स्थलको शुल्क निर्धारण गरेको छ । महानगरपालिका आफैले सञ्चालन गरेको पार्किङ स्थल र महानगरपालिकाले अन्य सार्वजनिक निकाय तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सञ्चालन हुने पार्किङ स्थलको शुल्क फरक हुनेछ ।

यस अनुसार महानगरपालिका आफैले सञ्चालन गरेको पार्किङ स्थलमा पहिलो दुई घण्टा शुल्क नलाग्ने र दुई घण्टा भन्दा बढी पार्किङ गरेमा सुरु समय देखिकै शुल्क लाग्ने छ ।

यस अनुसार दुई पाङग्रेका लागि प्रति ३० मिनेटको १५ रुपैयाँका दरले र चार पाङग्रेका लागि प्रति ३० मिनेटको २५ रुपैयाँका दरले शुल्क लाग्ने छ । अपाङ्गता भएका व्यक्तिको लागि प्रयोग हुने सवारी साधनमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले अन्य सार्वजनिक निकाय तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सञ्चालन गरेको पार्किङ स्थलकोहकमा सम्झौतामा उल्लेख गरेबमोजिम पार्किङ शुल्क लाग्नेछ ।

सवारीसाधन पार्किङ प्रयोजनको लागि मात्र उपयोग हुने भवन वा बहुतल्ले पार्किङ भवनको लागि नक्सा पास दस्तुरमा ९० प्रतिशत छुट हुनेछ ।

त्यसैगरी व्यावसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरी प्रयोग गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रफलको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरेमा सबै किसिमका तीनपांग्रे सवारी साधन/मोटरसाइकल/स्कुटरका लागि १ हजार, सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) का लागि २ हजार ५ सय, सबै किसिमका मझौला सवारी साधन (मिनीबस, मिनीट्रक आदि) का लागि ३ हजार ५ सय र सबै किसिमका ठूला सवारी साधन (बस, ट्रक, लहरी आदि) का लागि ५ हजार रुपैयाँ जरिवाना लाग्ने छ ।

सार्वजनिक यातायातको साधनले बस बिसौनी वा तोकिएको स्थान बाहेकका स्थानबाट यात्रु ओराल्ने वा चढाउने गरेमा ५ हजार रुपैयाँ जरिवाना लाग्ने छ । त्यसैगरी सवारीसाधनबाट हुने ध्वनी प्रदूषण वापत १ हजार र वायु प्रदूषण वापत पनि १ हजार रुपैयाँ जरिवाना लाग्ने छ ।

सवारी साधन वा व्यक्तिले बाटोमा माटो, बालुवा तथा हिलो खसाली फोहोर गरे गराएमा ५० हजार रुपैयाँ सम्म जरिवाना लाग्ने छ ।

काठमाडौं महानगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२ मार्फत यो व्यवस्था गरिएको हो । महानगरपालिकाले “काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८२” जारी गरेको छ । यो ऐन २०८२ साल श्रावण १ गतेबाट लागू भएको छ ।

सम्बन्धित समाचारहरू

स्मार्ट ड्राइभिङ : फोन खल्तीमा, ध्यान सडकमा

स्मार्ट ड्राइभिङ : फोन खल्तीमा, ध्यान सडकमा

आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । तर, के...

लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार...

एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

जनकपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...