पारस बने दिपलका ब्रान्ड एम्बेसडर : भन्छन्, ‘यति कम मूल्यमा धेरै फिचर भएको ईभी यो सेग्मेन्टमै छैन’

काठमाडौं – चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व कप्तान पारस खड्कालाई दिपल ईभीको आधिकारिक ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिव समेत रहेका खड्कालाई कम्पनीले दिपल ईभीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

कार्यक्रममा क्रिकेटर पारस खड्काले दिपल ईभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको बताए । ‘यति धेरै फिचरले भरिएको ईभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत् ईभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दिपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।’

त्यसैगरी, पारसलाई दिपल एस०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल ईभीको ब्रान्ड एम्बेसडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए ।

केही महिनाअघि सार्वजनिक भएको दिपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस०७ डेलिभर गरिसकेको बताएको छ ।

यो फ्यचरिस्टिक ईभीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट ड्राइभिङ मोड लगायत १५ भन्दा बढी फर्स्ट टाइम इन नेपाल फिचरले भरिएको दिपलले नेपाली ईभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न सफल छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीका ब्याट्रीमा अब १० वर्ष वारेन्टी

बीवाईडीका ब्याट्रीमा अब १० वर्ष वारेन्टी

काठमाडौं – नेपालमा बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...

टाटाका ५ ईभी कन्सेप्ट : उत्पादन कहिले ?

टाटाका ५ ईभी कन्सेप्ट : उत्पादन कहिले ?

कार निर्माताले आफ्ना लेटेस्ट टेक्नोलोजी र नयाँ मोडलहरू सार्वजनिक...

नेपालमा उपलब्ध हुने एमजी साइबरस्टरको मूल्य १ करोड ६८ लाख, बढ्यो कोमेट ईभीको मूल्य

नेपालमा उपलब्ध हुने एमजी साइबरस्टरको मूल्य १ करोड ६८ लाख, बढ्यो कोमेट ईभीको मूल्य

काठमाडौं – नेपालका लागि एमजी अर्थात मोरिस ग्यारेजको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...