युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक रणनीति चाहिन्छ

काठमाडौं–युवाहरुको बढ्दो विदेश पलायन र नैरास्यतालाई रोक्न सरकारी नीति र व्यवसायिक कार्यरणनीतिको खाँचो रहेको सरोकारवालाहरुले औंल्याएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजामा भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो, २०२५’ को अवसरमा शुक्रबार राजधानीमा आयोजित ‘युथ, मोबिलिटी, एण्ड नेशनल्स ड्रिम : ब्रिजिङ दी ग्याप बिट्वीन एसप्रेशन एण्ड अप्रुचुनिटी ईन नेपाल’ वृहत छलफल कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवंम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षत्रीले नेपालको शिक्षा प्रणालीनै कमजोर र विदेशीका लागि कामदार उत्पादन गर्ने खालको भएकाले युवाहरु स्वदेशमा बस्नै नचाहेको बताए ।

उनले भने, ‘युवाहरु आज किन विदेशिन चाहिरहेका छन् ? पहिलो त यहाँ भनेजस्तो रोजगारीको ज्ञारेन्टी छैन । अर्कोतर्फ युवाहरुमा स्वतन्त्रतासँगै गुणस्तरिय शिक्षा र भविष्य बनाउने चिन्ता छ । यसले आज देश विस्तारै रिक्तिदैछ । यो क्रम अझ बढ्दो छ । यसो हुनुको पछाडीको दोष हाम्रो राजनीतिक प्रणाली, प्रशासनिक प्रणाली र नीतिगत कमजोरीको कारण हो । यदि देशमै सही नीति र व्यवसायिक कार्यरणनीतिको व्यवस्था भइदिएको भए आज युवाहरु विदेशिने थिएनन् । एउटा घर र एउटा गाडी चढ्नकै लागि आज युवाहरु यसरी विदेशिने थिएनन्’ क्षत्रीले भने ।

त्यसो त यसको पछाडी युवाहरुमा बढ्दो महत्वकांक्षाले पनि काम गरेको उनको भनाइ छ ।

युवाहरुलाई कसरी देशमै अडिने वातावरण बनाउने र गएकाहरुलाइ फर्काउने भन्ने मुद्दामा बोल्दै अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले रणनीतिक योजनासहित नेपाली समाजको गलत सोच र धारणालाई परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, ‘यहाँ हाम्रो सोचाइनै गलत छ, व्यवसायिक नबनिकन पुँजी बनाउन सकिँदैन । तर नेपाली समाज पुँजीपतिलाई नराम्रो दृष्टिकोणले हेर्छ । कामको कमिसनलाई गलत अर्थमा बुझ्छ । अझ व्यवसायिक मिडियटरलाई त बिचौलिया दलाली भनेर टिक्नै दिदैन । यस्ता अरु धेरै उदाहरणहरु छन् । जसले मुलुकमा व्यवसायिक वातावरण बन्न दिइरहेको छैन । यसले रोजगारी र पुँजी वृद्धिमा काम गर्न दिइरहेको छ । यसपनि युवाहरुमा नैरास्यता बढ्दैछ र विदेश पलायन बढ्दैछ ।’

तर विदेशिएका युवाहरुलाई स्वदेश फकाउन स्पष्ट नीति, व्यवसायिक रणनीति र सहजीकरण गर्नाले फर्काउन सकिने उनले बताए ।

यसैगरी नेपाल युवा उद्यमी संघका अध्यक्ष सुदिप घिमिरेले स्वदेशमै गर्न सकिने ठूलो सम्भावनाहरु हुँदाहुँदै पनि युवाहरुलाई रोक्न नसकिएको बताए । देशको अस्थिर राजनीति, नीतिगत जटिलता, प्रशासनिक झमेला अरु धेरै कारणहरुले युवाहरुलाई दिकदारी लगाउने काम गरेकोले विदेशिन खोजिरहेको उनले बताए । यसका लागि सरकारले समयमै स्पष्ट नीति तथा कार्यरणनीतिसहित युवा लक्षित कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

४०–५० लाखको गाडी चढ्न कोही पनि युवाहरु विदेशिनु नपर्ने बरु यहीँ सामाजिक प्रतिष्ठा र स्वतन्त्रतासहित यहीँ केहीँ गर्न सक्ने सम्भावना रहेको उनले बताए । विदेशमा कमाएको पैसाले घर गाडीको किस्ता हाल्दाहाल्दै जीवन सकिने अवस्था रहेकोमा नेपालमै केहीँ सहज नीति भए युवाहरुले यहीँ घर पनि जोड्न सक्ने र गाडी पनि चढ्न सक्ने स्थिति बन्ने उनले बताए ।

कार्यक्रममा नेपाल अटो पत्रकार संघ (जाम) का अध्यक्ष सागर गजुरेलले आजको पुस्ता गाडी र घर जोड्नकै लागि विदेशीने गरेको तितो यथार्थको न्यूनिकरणका लागि सरकारले सरल र सहज सवारी कर्जा नीतिलाई अघि सार्नुपर्ने बताए । गाडीको आयु २० वर्ष तोक्ने तर कर्जाको अवधि ७ वर्ष राख्ने जस्ता गलत नीतिका कारण आज युवाहरुले गाडी चढ्ने सपना विदेशमा पुरा गर्न खोजिरहेको उनले बताए । यस्तो सहजता स्वदेशमानै बनाउनुपर्नेमा अध्यक्ष गजुरेलले जोड दिए ।

अन्तरक्रिया कार्यक्रम नाडाको आयोजना र अटो पत्रकार संघ (जाम)को सहआयोजनामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचारहरू

विभिन्न मन्त्रालयमा नाडा र सियामका संयुक्त प्रतिनिधिको भेटघाट तथा छलफल

विभिन्न मन्त्रालयमा नाडा र सियामका संयुक्त प्रतिनिधिको भेटघाट तथा छलफल

काठमाडौं – नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक...

वाडा अटो शोमार्फत पोखरामा निसान म्याग्नाइट फेसलिफ्ट सार्वजनिक, यस्तो हुनेछ सुविधा

वाडा अटो शोमार्फत पोखरामा निसान म्याग्नाइट फेसलिफ्ट सार्वजनिक, यस्तो हुनेछ सुविधा

पोखरामा चलिरहेको वाडा अटो शोमार्फत निसान म्याग्नाइट फेसलिफ्ट सार्वजनिक...

नाडा अटो संवाद २०८१, नेपालमा मोबिलिटीको धारणामा क्रान्तिकारी परिवर्तन भएको भनाइ

नाडा अटो संवाद २०८१, नेपालमा मोबिलिटीको धारणामा क्रान्तिकारी परिवर्तन भएको भनाइ

काठमाडौं – पहिलो पटक भएको नाडा अटो संवादले नेपालमा अटोमोबाइल उद्योगलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...