दुर्घटनाका घाइतेको उद्दार कार्यमा खटिने सर्वसाधारणलाई ट्राफिक प्रहरीले विशेष सम्मान गर्ने

काठमाडौं – सडक दुर्घटनामा घाइते भएका सवारी धनी वा अन्य सर्वसाधारणलाई ट्राफिक प्रहरीले विशेष सम्मान गर्ने भएको छ । राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो २०२५ को सन्दर्भमा नाडाद्वारा आयोजित ‘सडक र यातायात’ सम्बन्धी छलफल अर्थात प्यानल डिस्कसनमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सो जानकारी दिएका हुन् ।

सहभागीद्वारा राखिएको प्रश्नको उत्तर दिने क्रममा उनले यसका लागि आवश्यक तयारी भइरहेको र छिट्टै नै यो व्यवस्था कार्यान्वयनमा आउने बताए । हाल सडक दुर्घटनाका पीडितहरुलाई उद्दार गर्नु अति आवश्यक भए पनि विभिन्न कारणले उद्दार कार्यमा खटिन झन्झट महसुस भइरहेको गुनासो आइरहेको सन्दर्भमा संरक्षणकर्ताहरुलाई यसले सहजता पु¥याउने विश्वास उनले व्यक्त गरे ।

शनिबार सम्पन्न सो कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक सवारी चालक, हेभी इक्विपमेन्ट व्यवसायी, निजी सवारी चालक, यातायात र अटोमोबाइल व्यवसायी सबैले आ-आफ्नो कर्तव्य सम्झेर सडक अनुशासन पालना गर्नमा गम्भीर भएर लागेमा नै ट्राफिक व्यवस्थापन सहज हुने बताए ।

सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणका कार्यकारी अधिकृत कुवेर नेपालीले सम्पूर्ण सहरी क्षेत्रको यातायात व्यवस्थापनका लागि कार्य गर्ने उद्देश्यका साथ प्राधिकरण स्थापना भएको र यसमार्फत अब पूर्ण रुपमा कार्य प्रारम्भ हुने चरणमा रहेको बताए । उनले आगामी दिनमा अटोमोबाइल व्यवसायीसँग समेत सहकार्य गरेर यातायात व्यवस्थापनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्माले हाल देशको आर्थिक अवस्था र अन्य कारणले हेभी इक्विपमेन्ट व्यवसायमा समेत समस्या आएको उल्लेख गर्दै यसको समाधानका लागि महासंघले सरकारी र अन्य निकायसँग विभिन्न पहल गरिरहेको बताए । उनले व्यवसायीका कर र पार्किङ तथा ढुवानी लगायतका विभिन्न समस्या समाधानका लागि ट्रापिक प्रहरी र अन्य निकायसँग सहयोगका लागि आग्रह गरे ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य तथा प्रदेश समन्वय समितिका सभापति प्रकाश कपुरीले नाडाले अन्य व्यवसायीका साथै मास ट्रान्सपोर्टेसनका लागि उपयुक्त बस र हेभी सवारी साधन सम्बन्धी व्यवसायीलाई पनि समेटिरहेको बताए । उनले सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यका लागि नाडाले समेत कार्य गरिरहेको र आगामी दिनमा समेत प्रादेशिक रुपमा समेत यस्ता कार्य जारी रहने बताए ।

नेपाल अटो डटकमका सल्लाहकार सम्पादक एकराज सुवेदीद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुले राखेका सडक र यातायात सम्बन्धी जिज्ञासाहरुको समेत सम्बोधन गरिएको थियो ।

सो प्यानल डिस्कसनले आगामी दिनमा सडक र यातायातलाई अझै सुरक्षित र व्यवस्थित गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अध्यक्ष उम्मेदवार करण चौधरीको प्यानलका साथ पोखराका व्यवसायीको अन्तरक्रिया

नाडा अध्यक्ष उम्मेदवार करण चौधरीको प्यानलका साथ पोखराका व्यवसायीको अन्तरक्रिया

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारण सभा र अधिवेशन...

एमएडब्लू फाउण्डेसनले ट्राफिक प्रहरीलाई दियो १० वटा एफजेड मोटरसाइकल

एमएडब्लू फाउण्डेसनले ट्राफिक प्रहरीलाई दियो १० वटा एफजेड मोटरसाइकल

काठमाडौं–एमएडब्लू फाउण्डेसनले उपत्यका ट्राफिक प्रहरीलाई १० थान...

नाडा अटो शो अनिश्चित, अध्यक्ष भन्छन् – भदौ अन्तिम सम्म गर्ने प्रयास हुनेछ

नाडा अटो शो अनिश्चित, अध्यक्ष भन्छन् – भदौ अन्तिम सम्म गर्ने प्रयास हुनेछ

काठमाडौं – सवारी साधनको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शो यो वर्ष भदौ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...