माथि गाडी, तल रेल चल्ने : बंगलादेशमा बन्यो ६ किमीभन्दा लामो दुई तले पुल

बंगलादेशले आफ्नो इतिहासकै ठूलो पूर्वाधार परियोजनाको अनावरण छ । लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज अनावरण गरिएको हो । ६ दशमलब १५ किलोमिटर लमो उक्त पुलको प्रधानमन्त्री शेख हसिना वाजिदले शनिबार उद्धघाटन गरिन् । पुलले राजधानी ढाकलाई देशको दक्षिणी क्षेत्रका जिल्लाहरुसँग जोड्छ । पुल निर्माण गर्न ३ दशमलब ६ अर्ब लागत लागेको थियो । पूर्णरूपमा स्वदेशी लगानीमा पुल निर्माण भएको हो । पुल आईतबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । 

बंगलादेशको अहिलेसम्मको सबैभन्दा लामो यस पुललाई ‘राष्ट्रिय गौरवको प्रतीक’ भनिएको छ । सन् २०१५ मा पुल निर्माण सुरु गरिएको थियो । पुल निर्माण सम्पन्न हुने बारेमा धेरैले चासो र आशंका गरेका थिए । पुल निर्माणका लागि सुरुमा विश्व वैंकेले १ दशमलब २ अर्ब बिलियन ऋण सम्झौता गरेको थियो । यो पुलमा गाडी गुड्ने चार लेनको बाटो छ भने पुलको मूनि रेलको सिंगल ट्रयाक निर्माण गरिएको छ। चार लेनको यो पुलमा गाडी र रेल दुबै गुड्न मिल्छ । 

तर, भ्रष्टाचारको आरोप लगाउँदै सन् २०१२ मा विश्व बैंकले परियोजनाबाट हात झिकेको थियो । त्यसको तीन वर्षपछि सरकारले आफ्नै लगानीमा पुल निर्माण सुरु गरेको थियो । परियोजना सम्पन्न गर्न सरकारले आफै लगानी गर्ने प्रधानमन्त्रीले घोषणा गरेकी थिइन् । ‘यो पद्मा पुल इँटा र सिमेन्टको थुप्रो होइन, बंगलादेशको गौरव, सम्मान र क्षमताको प्रतीक हो,’ पद्मा पुल देशको गौरव बताउँदै उनले भनिन् , ‘हामीले सक्छौं भनेर संसारलाई देखाएका छौं ।’

सम्बन्धित समाचारहरू

५९ वर्ष पहिलेको इतिहास : कारमै चढेको समयमा अमेरिकी राष्ट्रपति केनेडीको हत्या

५९ वर्ष पहिलेको इतिहास : कारमै चढेको समयमा अमेरिकी राष्ट्रपति केनेडीको हत्या

सन् १९६३ को नोभेम्बर २२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले...

नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्ना सदस्यहरुलाई...

अशोक एलटी इन्जिनियरिङकाे ‘सर्भिस सम्राट २०२५’ ग्रान्ड फिनाले सम्पन्न, पाैडेलले पाए उपाधि

अशोक एलटी इन्जिनियरिङकाे ‘सर्भिस सम्राट २०२५’ ग्रान्ड फिनाले सम्पन्न, पाैडेलले पाए उपाधि

काठमाडौँ – आईएमई समूह अन्तर्गतको अशोक एलटी इन्जिनियरिङ सर्भिसेज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...