टुरिस्ट बसको सबै टिकट अब अनलाइनबाटै

काठमाडौं – नेपालमा नै पहिलोपटक टुरिष्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने भएका छन्। 

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान)ले आफ्ना सम्पूर्ण बसहरूको टिकट अनलाइनमार्फत बिक्री गर्ने गरी इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी) सँग सम्झौता गरेको छ।

यस्तो सम्झौतापछि नेपालभर संचालन हुने टुरिष्ट बसहरूको टिकट अनलाइनमार्फत नै बुकिङ्ग गर्न सकिने टिबानले जानकारी गराएको छ । 

बिहीबार टिबानका अध्यक्ष ईश्वरप्रसाद उपाध्याय र ईसीआरसीका अध्यक्ष संजीत पौडेलबीच टिकट अनलाइन बिक्री गर्ने विषयमा सम्झौता भएको हो।

सम्झौतामा सबै टुरिष्ट बसका टिकट अनलाइन तथा एपबाटै बुकिङ्ग गर्न सकिने उल्लेख छ। कोभिडको जोखिम कम गर्न र यात्रुले सुरक्षित यात्रा गराउने गराउने उद्देश्यले यस्तो सम्झौता भएको हो।

टिबानका अध्यक्ष उपाध्यायका अनुसार कोभिडको जोखिम कम गर्न र प्रभावकारी यात्रु सेवा प्रदान गर्नका लागि यो प्रविधि महत्वपूर्ण हुनेछ । 

बसको सेवा अनलाइनबाट आइरहेको बेला टुरिष्ट बसको सेवा पनि डिजिटलमा जान सम्झौताले सहज हुने र यात्रुलाई सहजै  सुपथ मूल्यमा डिजिटल प्रविधिमार्फत टिकट उपलब्ध हुने ईसीआरसीका अध्यक्ष संजीत पौडेलले बताए।

दुई कम्पनीको सम्झौतासँगै अब दशैंको टिकन अनलाइनबाट बुकिङ हुने भएको छ। हाललाई यस्तो अनलाइन सेवा काठमाडौंदेखि पोखरा, नारायणघाट, लुम्बिनी र जनकपुरमा हुनेछ भने क्रमशः अन्य सहरहरुमा पनि सेवा बिस्तार गरिने बताइएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...