साढे २ महिना पछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम, पहिले भरेका सबै फारम रद्द

काठमाडौं – सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन फारम हिजो देखि फेरि खुलेको छ।

यातायात व्यवस्था विभागले हिजो सोमबार साँझ ६ बजेदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन फारम खुलाएको हो।

साढे २ महिनादेखि बन्द रहेको ड्राइभिङ लाइसेन्सको अनलाइन फारम प्रणाली जेठ १६ गतेदेखि सञ्चालनमा आएको हो।

विभागले २०७८ चैत १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरेको थियो। लाइसेन्स लिन चाहने सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका कारण विभागले अनलाइन प्रणाली नै बन्द गरेको थियो।

सवारी चालक अनुमति पत्रका लागि applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्न सकिने छ । यो भन्दा पहिले परेका सबै आवेदनहरु रद्द गरिएका छन् ।

त्यसैगरी वर्ग थप गराउनका लागि भने अर्को हप्ताको सोमबारबाट मात्र आवेदन खुला हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या

‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या

प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भएपनि...

जेनजी प्रदर्शनपछि स्थगित लिखित र ट्रायल परीक्षा सुरु

जेनजी प्रदर्शनपछि स्थगित लिखित र ट्रायल परीक्षा सुरु

काठमाडौं – सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाले लिखित र ट्रायल...

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी लाइसेन्स ?

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी लाइसेन्स ?

कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...