बन्द भयो सवारी चालक अनलाइन आवेदन प्रणाली, खुल्ने अनिश्चित

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । २०७८ चैत १ गते देखि अर्को सूचना प्रकाशन नभए सम्मको लागि सो प्रणाली बन्द रहने जानकारी सूचनामार्फत गराइएको छ ।

विभागले हालसम्म परेका आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुंग्याउनु पर्ने भएकाले सो प्रणाली बन्द गरिएको बताइएको छ ।

हाल धेरै संख्यामा सवारी चालक अनुमति पत्र वितरण गर्नु पर्ने भए तापनि स्मार्ट लाइसेन्सको छपाईमा भएको ढिलाई र विभिन्न कारणले समयमै लाइसेन्स पाउन सकिएको छैन । यही कुरालाई मनन गरी विभागले यो व्यवस्था गरेको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...