बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि अनलाइनमार्फत आवेदन दिन सकिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको हो । विभागले सातै प्रदेशमा अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तरर्गतका कार्यालयको माग बमोजिम खोलिने विभागले जानकारी दिएको छ ।
सोही कारण इच्छुक आवेदकले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सोझै सम्पर्क गरी आवेदन दिने व्यवस्था समेत मिलाएको छ ।
जसका लागि ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सुचना अधिकृतसँग सम्पर्क गर्न विभागले सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।
चालक अनुमति पत्रको परीक्षा कहिले हुने भन्ने अन्यौल भइरहेको समयमा हाल मन्त्रालयले यसको प्रक्रिया प्रारम्भ गरेको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...