लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द भएको छ। प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ।
‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।
विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।
६ महिनापछि सोमबारबाट अनलाइन प्रणाली खुला गरिएको थियो। सरकारले निषेधाज्ञा जारी गरेका कारण वैशाख १६ गतेदेखि बन्द गरिएको थियो।
दसैंअघि नै ट्रायल सञ्चालनमा आए पनि अनलाइन आवेदन भने खुलाइएको थिएन। अनलाइन आवेदन दिएर ट्रायल दिने पर्खाइमा सात लाख बढीको ब्याकलग भएपछि नखुलाइएको हो। सीमित ट्रायल सेन्टरहरु रहेका कारण ब्याक लक बढेको विभागले जनाएको छ। अनलाइन आवेदन दिएको करिब ६ महिनामा ट्रायलका लागि पालो आउने अवस्था छ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...