फागुनसम्म ३४ लाख ६६ हजारले लिए सवारी चालक अनुमति पत्र
काठमाडौँ – चालू आर्थिक वर्ष ०८०/८१ काे फागुनसम्म ३४ लाखभन्दा बढी सवारी...
काठमाडौं – अब बागमती प्रदेश भित्रका सवारी साधनको ब्लुबुक अनलाइनबाटै नवीकरण गर्न सकिने भएको छ । यसका साथै सवारीसाधनको कर तथा जरिवाना पनि तिर्न सकिने छ ।
प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले आज यो सेवाको उद्घाटन गरेका छन् । उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुनेछ । विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) समेत तयार पारिसकेको छ ।
सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।
वागमती प्रदेश यातायात कार्यालयको वेबसाइटमा गएर सवारीधनीले आफ्नो नम्बर राखेर खाता खोल्न सक्ने छन् । त्यसभित्र अनलाइन सवारी कर आउँछ । त्यहाँ गएर आफूले तिर्नु पर्ने करको विवरण हेरेर भुक्तानी गर्न सकिनेछ । सवारीधनीको विवरण पनि यसैबाट अद्यावधिक या सच्याउन सकिनेछ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षमा अनलाइनबाटै बिलबुक नवीकरण गर्न सकिने व्यवस्था गर्ने भएको बताएका थिए । त्यसै अनुसार गत साउन १ देखि नै यो व्यवस्था गरिने सबै योजना भएको थियो । तर प्राविधिक कारणले गर्दा बागमती यातायात व्यवस्था कार्यालयले फेरि साउन ७ गते देखि मात्र कार्य प्रारम्भ गर्ने योजना बनाएको थियो ।
काठमाडौँ – चालू आर्थिक वर्ष ०८०/८१ काे फागुनसम्म ३४ लाखभन्दा बढी सवारी...
काठमाडौं – सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाले लिखित र ट्रायल...
चितवन–जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...