काठमाडौं उपत्यकामा सुरुङदेखि एलिभेटेड हाइवेसम्म, यस्ता हुनेछन् २२ आयोजना
काठमाडौं – काठमाडौं उपत्यकाभित्रको बढ्दो सवारी चाप र यातायात अवरोधलाई...
काठमाडौं– काठमाडौं महानगरपालिकाले केही सडकलाई आजदेखि एकतर्फी (वान–वे) बनाएको छ । महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा सडक खण्डमा आजदेखि एकतर्फी सवारी सञ्चालन गर्ने व्यवस्था गरेको हो ।
काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर आउने सडकखण्ड एकतर्फी बनाइएको महानगरपालिकाले जनाएको छ । त्यस्तै त्रिचन्द्र क्याम्पसबाट गणेशस्थान, प्रज्ञा प्रतिष्ठान भवन हुँदै कमलादी आउने बाटो समेत एकतर्फी बनाइएको छ । जमलको बाटो हुँदै प्रज्ञा प्रतिष्ठान जान पाइँदैन ।
महानगरका अनुसार पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फ सडकखण्डमा अब प्लाजाबाट बाँया मोड्न पाइने छैन । त्यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाइएको छ । यसबारे केही दिनसम्म सडक संकेत राखेर सर्वसाधरणलाई जानकारी गराइने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...