साउन १ गतेदेखि क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स पाइने

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था गरेको छ । विभागले ऐन बनेको २९ वर्षपछि उक्त व्यवस्था गर्न लागेको हो ।

विभागले गत वैशाख पहिलो साता नै जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स दिने निर्णय गरेर त्यसअनुसार तयारी गरे पनि निषेधाज्ञाका कारण जेठबाट उक्त व्यवस्था लागू गर्न सकेको थिएन ।

विभागका महानिर्देशक नमराज घिमिरेले चालकको सहजताका लागि ऐनअनुसार प्रयोगात्मक लाइसेन्स दिन लागेको बताएका छन् ।

उनका अनुसार परीक्षणकालीन लाइसेन्सको अवधि १ वर्ष हुनेमा यस अवधिमा पाँचपटकसम्म कारबाहीमा परे फेरि शुरूदेखि परीक्षा दिनुपर्ने हुन्छ ।

परीक्षणकालीन लाइसेन्स नक्कली नबनोस् भनेर यसमा क्यूआर कोड राखिएको छ । त्यसलाई सजिलै ट्राफिकले जाँच गर्न सक्नेछन् । 

त्यसैगरी लाइसेन्सका लागि लिइने ट्रायललाई आगामी दिनमा थप सहज बनाइने भएको छ । अब कुल ७० अंक ल्याए ट्रायलको प्रयोगात्मक परीक्षामा पास हुन सकिने छ भने ट्रायलका लागि एपको समेत विकास गरिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरू

१२ लाख स्मार्ट लाइसेन्सको कार्ड खरिद ठेक्कामा एक महिनापछि किन गरियो संशोधन ?

१२ लाख स्मार्ट लाइसेन्सको कार्ड खरिद ठेक्कामा एक महिनापछि किन गरियो संशोधन ?

काठमाडौं – यातायात व्यवस्था विभागद्वारा १२ लाख स्मार्ट लाइसेन्सको कार्ड...

सञ्चार मन्त्रालयले भन्यो : नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय

सञ्चार मन्त्रालयले भन्यो : नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक...

ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...