विश्वभर नेपाल सहित एकै दिन रोयल इनफिल्ड वान राइड २०२२ सम्पन्न

काठमाडौं – विश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’ को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२२ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरु अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका थिए ।

यसपटक पनि वान राइड बिश्वभर एकै दिन आयोजना गरिएको थियो । यस पटकको राइडको नारा One World | One Mission | One Ride रहेको थियो ।

वान राइड २०२२ कार्यक्रम यही असोज २ गते विहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु भएर चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना सहभागीहरुलाई दिइएको थियो ।

नेपालमा काठमाडौं लगायत अल्फा अटोमटिभका डिलरहरु बुलेट ट्रेडर्स – पोखरा, यति अटोमोबिल्स – चितवन, रोयल मोटोर्स – इटहरी र गैरे प्रतिष्ठान – वुटवल गरी ५ शहरमा सम्पन्न भएको थियो ।

देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्य अनुसार चित्लाङमा रहेको श्री कालिदेवी आधारभुत विद्यालयका सबै विद्यार्थी भाइबहिनीहरुलाई स्कुल ब्याग वितरण गरिएको थियो । व्याग हस्तान्तरण कार्यक्रममा चित्लाङका वडा अध्यक्ष, बिद्यालयका प्रधनाध्यापक, चित्लाङका समाजसेबी, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधि, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारीसमेत सहभागी भएका थिए ।

वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासिक ३५० तथा मेटियर ३५० मोटरसाइकलका साथै ५० भन्दा धेरै सहभागी भएका थिए ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड विश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा यो सबभन्दा ठुलो कार्यक्रम मानिन्छ ।

सम्बन्धित समाचारहरू

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी...

आधुनिक प्रविधिले सुसज्जित रोयल इन्फिल्ड क्लासिक ६५० लन्च

आधुनिक प्रविधिले सुसज्जित रोयल इन्फिल्ड क्लासिक ६५० लन्च

राेयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक नयाँ क्लासिक ६५० मोटरसाइकल लन्च...

नयाँ च्यासिस र इन्जिनसहित जावा ३५० लन्च

नयाँ च्यासिस र इन्जिनसहित जावा ३५० लन्च

भारतमा जावा ३५० बाइक नयाँ फिचरसहित लन्च भएको छ । सो बाइकमा कम्पनीका अन्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...