११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ५७ हजार बढी गाडी, नोभेम्बरमै बिक्री भए ५ लाख बढी एनईभी
चाइनिज ईभी ब्रान्ड बीवाईडीले नोभेम्बर महिनामा ५ लाख ६ हजार ८ सय भन्दा बढी...
अगस्ट महिनामा रेकर्ड बिक्री पश्चात बीवाईडीले यो वर्ष अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यससँगै सन् २०२४ मा बीवाईडीले १० लाख ईभी बिक्रीको माइलस्टोन हासिल गरेको छ ।
अगस्ट महिनामा बीवाईडीले ३ लाख ७३ हजार न्यु इनर्जी भेइकल बिक्री गर्न सफल भएको छ । यसमा प्लग इन हाइब्रिड र सबै ईभी समावेश छन् । यो गत वर्षको यही अवधिको तुलनामा ३५.९७ प्रतिशत बढी हो भने गत जुलाई महिनाको तुलनामा ८.९७ प्रतिशत बढी हो ।
यो वर्षको अगस्ट महिना सम्म बीवाईडीले १० लाख ४ हजार ६२३ ईभी बिक्री गरेको छ । यो गत वर्षको यही अवधिको तुलनामा १२ प्रतिशत बढी हो । यसले बीवाईडीलाई ग्लोबल ईभी मार्केट लिडर बनाउने बाटोतिर अग्रसर गराएको छ ।
अगस्टमा बीवाईडीको प्लग इन हाइब्रिड अर्थात पीएचईभीको हिस्सा ६० प्रतिशत छ । बीवाईडीले गत मे महिना देखि ल्याएको नयाँ डीएम ५.० हाइब्रिड टेक्नोलोजीले यसमा भूमिका खेलेको मानिएको छ । यसको इन्धन किफायतीपना निकै नै सुधारिएको छ ।
नेपाली बजारमा समेत बीवाईडी निकै नै रुचाइएको ईभी ब्रान्ड हो । नेपाली बजारका लागि आधिकारिक वितरक साइमेक्स इंकले हाल बीवाईडी डल्फिन र एट्टो ३ लगायतका मोडल बिक्री–वितरण गरिरहेको छ ।
चाइनिज ईभी ब्रान्ड बीवाईडीले नोभेम्बर महिनामा ५ लाख ६ हजार ८ सय भन्दा बढी...
स्कोडाले फ्रेस अल–इलेक्ट्रिक एसयूभी ‘इलरोक’ सार्वजनिक गरेको छ । सो...
भारतको स्टार्टअप कम्पनी प्रभेगले एक महिना ८ दिनपछि अर्थात नोभेम्वर २५ का...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...