गेम चेन्जर बन्यो फ्रङ्क्स एसयूभी, १० महिनामा १ लाख युनिट बिक्री

जनवरी २०२३ मा लन्च गरिएको सुजुकीको माइक्रो एसयूभी फ्रङ्क्सले यात्रुवाहक सवारीसाधनमा सबैभन्दा छिटो १ लाख युनिट बेच्ने कीर्तिमान बनाएको छ । फ्रङ्क्सले १० महिनामा यो सफलता हासिल गरेको हो । फ्रङ्क्स बलेनोको प्लेटफर्ममा निर्माण गरिएको हो । कम्पनीले यसलाई अटो एक्सपो २०२३ मा जिम्नीसँग लन्च गरेको थियो ।

फ्रङ्क्सले एसयूभी सेगमेन्टमा मारुती सुजुकीको सेयर सन् २०२२ मा १०.४ प्रतिशतबाट सन् २०२३ मा १९.७ प्रतिशत बनाउन प्रमुख भूमिका खेलेको छ । फ्रङ्क्सको अटोमेटिक भेरिएन्टले बिक्रीमा २४ प्रतिशत योगदान गरेको छ । फ्रङ्क्सले टाटा पन्च, हुन्डाई एक्सेन्ट, निसान म्याग्नाइट जस्ता मोडलसँग प्रतिस्पर्धा गर्छ ।

मारुती फ्रङ्क्समा १.० लिटर टर्बाे बुस्टरजेट इन्जिन जडान गरिएको छ । सो एसयूभी ० देखि ६० किलोमिटर प्रति घन्टाको गति हासिल गर्न मा ५.३ सेकेन्ड लाग्छ । साथै यसमा १.२ लिटर के सिरीज, ड्युअल जेट, ड्युअल भीभीटी इन्जिन पनि रहेको छ । सो इन्जिन स्मार्ट हाइब्रिट टेक्नोलोजीको साथमा उपलब्ध छ ।

मारुती फ्रङ्क्सको लम्बाई ३९९५ एमएम, चौडाइ १७६५ एमएम, उचाई १५५० एमएम र ह्विलबेस २५२० एमएम छ । यसमा ३०८ लिटरको बुट स्पेस रहेको छ । फ्रङ्क्सले २२.८९ किलोमिटर प्रति घन्टाको माइलेज प्रदान गर्छ ।

फ्रङ्क्समा हेडअप डिस्प्ले, क्रुज कन्ट्रोल, लेदर ¥याप्ड स्टेयरिङ ह्विल, १६ इन्चको डायमण्ड कट अलोय ह्विल, ड्युअल टोन एक्स्टेरियर कलर, वायरलेस चार्जर, वायरलेस स्मार्टफोन कनेक्टिभिटीसहित इन्फोटेनमेन्ट सिस्टम, ६ स्पिकर साउन्ड, इन्स्ट्रयुमेन्ट क्लस्टर, रियर एसी भेन्ट्स, फास्ट यूएसबी चार्जिङ पोइन्छ, रियर भ्यु क्यामेरा र ९ इन्चको टचस्क्रिन जस्ता फिचर समावेश छ ।

साथै फ्रङ्क्समा ड्ुअल एयरब्याग, ईबीडीको साथमा एबीएस, ईएसपी, हिल होल्ड असिस्ट, सिटबेल्ट रिमाइन्डर सिस्टम, आइसोफिक्स चाइल्ड सिट एंकरेज पोइन्छ, स्पिड अलर्ट, रिभर्स पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर समावेश छ । नेपाली बजारमा समेत सो एसयूभी उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

काठमाडौं – बैशाख १६ देखि निषेधाज्ञा लागू गरिए पश्चात नेपाली बजारमा उपलब्ध...

बजाज र टीभीएससँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ ई–स्कुटर लन्च गर्ने

बजाज र टीभीएससँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ ई–स्कुटर लन्च गर्ने

सुजुकीले पनि इलेक्ट्रिक स्कुटरमा ध्यान केन्द्रित भइरहेको छ । सुजुकीले...

१९ हजार सस्तोमा जिक्सर १५५ को २०२३ मोडल

१९ हजार सस्तोमा जिक्सर १५५ को २०२३ मोडल

काठमाडौं– जिक्सर १५५ को २०२३ मोडल नेपाल आएको छ । हालसालै आएको सो नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...