महिन्द्राको नयाँ ईभीले ल्याएको तरंग र अबको ईभी प्रतिस्पर्धा, नेपालमा सम्भावना
भारतीय अटो निर्माता कम्पनी महिन्द्राले हालै दुई नयाँ ईभी लन्च गरेको छ । ईभी...
महिन्द्रा थार लन्च भएदेखि यसको बिक्री तीव्र गतिमा बढेको छ । कम्पनीले पनि ग्राहकको प्रतिक्रिया देखेर एकपछि अर्को गरी जेनेरेसनको कार लन्च गरिसकेको छ । अब थारको ५ डोर भेरिएन्ट पनि लन्च हुने भएको छ । थारले १ लाख युनिट बिक्रीको आँकडा पनि पार गरेको छ ।
थारको सबैभन्दा ठूलो प्रतिस्पर्धी मानिने मारुती सुजुकी जिम्नी जनवरीमा लन्च गरी बुकिङ पनि सुरु गरिसकेको थियो । तर जिम्नीको अझै पनि डेलिभरी सुरु भएको छैन ।
थारको दोस्रो प्रतिस्पर्धी गोर्खाले पनि कुनै ठूलो चमत्कार देखाउन सकेन । यो कारको ५–डोर भेरिएन्ट आउने चर्चा पनि लामो समयदेखि भइरहेको छ तर कम्पनीले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक बयान दिएको छैन ।
कम्पनीले थारमा २ वटा इन्जिन विकल्प दिएको छ । यसमा २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिन रहेको छ । कारमा ४×४ र ४×२ को विकल्प पनि छ । साथै यो म्यानुअल गियर सिफ्ट र अटोमेटिक गियर बक्स भेरिएन्टमा पनि उपलब्ध छ ।
कम्पनीले हालै थारको बेस भेरिएन्ट लन्च गरेको थियो । कम्पनीले यसलाई ९ लाख ९९ हजार भारु मूल्यमा लन्च गरेको थियो । नयाँ थार ५ डोर भेरिएन्ट १६ लाख ५० हजार भारुमा लन्च हुने अनुमान गरिएको छ ।
भारतीय बजारमा अत्यधिक माग रहेको र माग अनुसार उत्पादन हुन नसकेका कारण यो एसयूभी तत्काल नेपाल आउने सम्भावना भने छैन ।
भारतीय अटो निर्माता कम्पनी महिन्द्राले हालै दुई नयाँ ईभी लन्च गरेको छ । ईभी...
नेपाली बजारमा उपलब्ध महिन्द्राका गाडीहरु मध्ये सबैभन्दा धेरै बिक्री हुने...
महिन्द्राले आफ्नो आगामी इलेक्ट्रिक एसयूभी बीई ६ई र एक्सईभी ९ई को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...