कतै तपाईको लाइसेन्स नक्कली त छैन ? सावधान ! ट्राफिक प्रहरीले अब जाँच्ने छ एप्सबाट नक्कली लाइसेन्स

कतै तपाईले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाइरहनु भएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ ।

हिजो एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई र्लासेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक बर्षे परिक्षणकालीन अबस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरि सजिलै नक्कली/सक्कली छुट्याउन सक्ने बताए । उनले एक बर्षे परीक्षणकालको अवधिमा पाँच पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्न सक्ने प्राबधान रहेको समेत जानकारी दिए ।

महाशाखा प्रमुख एसएसपी जोशीले यस अघि लाइसेन्स प्रमाणिकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब उप्रान्त आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एप्समार्फत लाइसेन्स प्रमाणिकरण गर्न सक्ने बताए । उनले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले विकसित प्रविधिको प्रयोग गरि लाइसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने कुरामा जोड दिए । उनले कोही कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने विश्वास ब्यक्त गरे ।

कसरी काम गर्छ त एप्सले ?
विशेष प्रकारको मोबाइल एप्समार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परीक्षणकालीन लाइसेन्स भेरिफाई गरिन्छ । उक्त लाइसेन्समा रहेको क्यूआरलाई उक्त एप्समार्फत स्क्यान गरी लाइसेन्स भेरिफाई गरिन्छ ।

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूले मोबाइलमा इन्स्टल गरि चेकजाँचको क्रममा अन द स्पट लाइसेन्स भेरिफाई गर्न सक्नेछन् । क्यूआर स्क्यान गरि लाइसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान सो एप्समा रहेको छ ।

सम्बन्धित समाचारहरू

१२ लाख स्मार्ट लाइसेन्सको कार्ड खरिद ठेक्कामा एक महिनापछि किन गरियो संशोधन ?

१२ लाख स्मार्ट लाइसेन्सको कार्ड खरिद ठेक्कामा एक महिनापछि किन गरियो संशोधन ?

काठमाडौं – यातायात व्यवस्था विभागद्वारा १२ लाख स्मार्ट लाइसेन्सको कार्ड...

भदौ २० देखि हुने भयो ड्राइभिङ लाइसेन्सको लिखित र रिट्रायल परीक्षा

भदौ २० देखि हुने भयो ड्राइभिङ लाइसेन्सको लिखित र रिट्रायल परीक्षा

काठमाडौं – कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक...

तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर बुझाए पहिलेको सबै कर तथा जरिवाना छुट हुने

तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर बुझाए पहिलेको सबै कर तथा जरिवाना छुट हुने

काठमाडौं – बागमती प्रदेश सरकारले पछिल्लो तीन आर्थिक वर्षको सवारी साधन कर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...