सेमिकन्डक्टर अभाव १ वर्षपछि समाधान हुने, नयाँ प्रविधिमा काम गर्दै ठूला उत्पादक
विगत २ वर्षयता चरम रुपमा अभाव हुँदै आएको सेमिकन्डक्टरको सप्लाई अव सहज हुने...
काठमाडौं - ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्सले मनसुन लक्षित देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’ योजना सार्वजनिक गरेको छ ।
यो विशेष सेवा अर्थात सर्भिसिङ अभियान असार २५ देखि २७ गतेसम्म (तदनुसार ९ देखि ११ जुलाइसम्म) सञ्चालन हुनेछ, जसले देशभरका ग्राहकहरूलाई विभिन्न फाइदाहरू प्रदान गर्नेछ ।
चुनौतीपूर्ण अवस्थाहरूको लागि तयार पार्न र मनसुन सिजनमा गाडीहरूको उत्कृष्ट कार्यसम्पादन र सुरक्षा सुनिश्चित गर्न गाडी चेक-अप तथा मर्मत सेवाहरू प्रदान गर्ने उद्देश्यले ‘मनसुन चेक-अप क्याम्प’ ल्याइएकाे कम्पनीकाे भनाइ छ ।
साे चेक-अप क्याम्पमा सहभागी भई ग्राहकहरूले विभिन्न आकर्षक अफरहरूको लाभ लिन सक्नेछन् । सहभागीहरूले आफ्नो गाडीको सहजता र सुरक्षा कायम राख्नको लागि सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, टप वासमा शतप्रतिशत छुटसहित गाडीलाई चकमदार राख्न सक्नेछन् ।
ग्राहकहरूले सस्पेन्सन पार्ट्समा आवश्यक पाटपूर्जा रिप्लेसमेन्ट तथा फेरबदल गर्दा लेबर चार्जमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसबाहेक, गाडीमा सामान्य बडी सप जबहरूमा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको लाभ लिन सकिनेछ । यी लाभहरूले गर्दा ग्राहकहरूको लागि मनसुनमा आवश्यक गाडी सर्भिसिङ तथा मर्मतकार्य अझ किफायती बनेको छ ।
ग्राहकहरूलाई आफु नजिकै गुणस्तरीय र आधिकारिक सेवा प्राप्त गर्न सहज बनाउँदै, मनसुन चेक-अप क्याम्प, ओमोडा एन्ड जेइकोको देशव्यापी रहेका विभिन्न आधिकारिक सर्भिस सेन्टरमा एकै साथ सञ्चालन हुनेछ ।
देशभर विभिन्न १२ वटा सर्भिस सेन्टरमा चेक-अप क्याम्प आयोजना हुँदैछ । काठमाडौँ उपत्यकाभित्र सीतापाइला (एसपीजी अटोमोबाइल्स) र भक्तपुर (परिवार कार क्लिनिक) तथा उपत्यका बाहिर वीरगंज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ) र चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजी), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपी इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प), र सुर्खेत (बुटवल भेराइटी) मा मनसुन चेक-अप क्याम्प सञ्चालन हुँदैछ ।
एसपीजी अटोमोबाइल्सले ग्राहकहरूलाई आफू नजिकैको ओमोडा एन्ड जेइकोको आधिकारिक सेवा केन्द्रमा गई मनसुन चेक-अप क्याम्पमा उपलब्ध विभिन्न छुटहरूको लाभ उठाई आफ्नो सवारी साधन मनसुनका यात्राहरूका लागि तयार पार्न आह्वान गरेेकाे छ ।
विगत २ वर्षयता चरम रुपमा अभाव हुँदै आएको सेमिकन्डक्टरको सप्लाई अव सहज हुने...
फोटोनको इलेक्ट्रिक भ्यान नेपाल आएको छ । नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं–जेइकोको नयाँ इलेक्ट्रिक एसयूभी जे५ ६० लाख आसपासमा लन्च हुने भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...