ओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज टु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्प आयाेजना हुने

काठमाडौं – नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्सचेन्ज टु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ। यो क्याम्प २०८२ माघ २३ देखि २६ सम्म सञ्चालन हुनेछ।

चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा जेइको गाडी लिन सुनौलो अवसर प्रदान गर्नेछ। क्याम्प अवधिभर ओमोडा एन्ड जेइकोका कुनै पनि मोडल बुकिङ गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क इन्स्योरेन्स र प्रत्येक बुकिङमा एक एमआई मोबाइल फोन प्राप्त गर्नेछन्। यसका साथै, ओमोडा एन्ड जेइकोले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको विशेष ‘बम्पर अफर’ पनि घोषणा गरेको छ।

हाल नेपाली बजारमा ओमोडा एन्ड जेइकोका तीन मोडल उपलब्ध छन्,ओमोडा ई५, जेइको जे५ र जेइको जे६। यी मोडलहरूको मूल्य क्रमशः ओमोडा ई५का लागि रु. ५४.९९ लाख, जेइको जे५का लागि रु. ५६.९९ लाख र जेइको जे६का लागि रु. ६५.९९ लाख तोकिएको छ। क्याम्पमा सहभागीहरूले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली रेन्ज, उन्नत सुरक्षा प्रविधि, उच्च कार्यक्षमता र समग्र प्रदर्शनका हिसाबले सेग्मेन्टमै अग्रणी ओमोडा एन्ड जेइको गाडीहरू नजिकबाट अनुभव गर्न सक्नेछन्।

सम्बन्धित समाचारहरू

लिपमोटरमा चिनियाँ सरकारको स्वामित्व भएको एफएडब्लु समूहको प्रवेश

लिपमोटरमा चिनियाँ सरकारको स्वामित्व भएको एफएडब्लु समूहको प्रवेश

चिनियाँ सरकारी स्वमित्वमा संचालित एफएडब्लु समूहले लिपमोटरमा ३.७४ अर्ब...

नेपाल आइपुग्यो अवतार ११, छिट्टै लन्च हुने घोषणा, यस्ता छन् ५ विशेष फिचर

नेपाल आइपुग्यो अवतार ११, छिट्टै लन्च हुने घोषणा, यस्ता छन् ५ विशेष फिचर

काठमाडौं – अवतार ब्रान्डको नेपालका लागि आधिकारिक वितरक सीजी इभोलुसनले...

महिला लक्ष्यित कोमाकी फ्लोरा प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, १४ हजार छुट अफर

महिला लक्ष्यित कोमाकी फ्लोरा प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, १४ हजार छुट अफर

काठमाडौं – जापनिज प्रविधिद्वारा भारतमा उत्पादन हुने कोमाकी ईभीको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...