ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, युएनका पूर्वमहासचिवको पनि सहभागिता

ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ । उक्त समिट अन्तर्गतको ‘लार्ज–स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि–मुनले सहभागिता जनाई आफ्नो भनाई पनि राखे ।

सम्मेलनमा, ‘ओमोडा एन्ड जेइको’को प्यारेन्ट कम्पनी र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच “चेरिस नेचर” नामक ग्लोबल को–अपरेसन प्रोजेक्ट (सहयोग परियोजना)मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ पनि भएको थियो ।

सम्मेलनमा बान कि–मुनले ग्लोबल न्यु इनर्जी सेक्टरमा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनीको योगदानप्रति प्रशंसा गरे । उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिनुका साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो–कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गरे ।

बान कि–मुनको सन्देश पछि, दिगो उच्च गुणस्तरीय विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजमा समानुपातिक विकास हासिल गन ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनीले विश्वव्यापी इएसजी (इन्भायरमेन्टल, सोसियल र गभर्नेन्स) अलायन्स स्थापना भएको घोषणा गरेको छ । यो पहलले विभिन्न क्षेत्रहरूसँग सहकार्य बढाउँदै इनोभेसन, ग्रिन एन्ड सेयरिङमा केन्द्रित ग्लोबल इको–कम्युनिटी निर्माण गर्ने लक्ष्य लिएको छ ।

सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको पनि सहभागिता रहेको थियो । आफ्नो ग्रुपभरमा नै नयाँ ऊर्जाको क्षेत्रमा अग्रणी ब्रान्ड रहेको ओमोडा एन्ड जेइको इएसजी इनिसिएटिभको अग्रपङ्क्तिमा रहेर विश्वव्यापी रणनीतिहरूमार्फत लोकल डेभलपमेन्ट प्रवर्द्धन गर्दै, प्राविधिक विकासमार्फत प्रणालीगत सुधार तथा नवप्रवर्तन (इनोभेसन) गर्न प्रतिबद्ध रहेको बताएको छ ।

यसका साथै, ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई “उत्पादन–उन्मुख” बाट “प्रविधि–उन्मुख” तर्फ सफलतापुर्वक परिवर्तन गरेको छ । नयाँ प्रविधि विकासमा प्रयोगकर्ताको माग तथा आवश्यकतालाई प्राथमिकतामा राखी, नयाँ ऊर्जा प्रविधिको साथमा उत्कृष्ट विश्वव्यापी उत्पादन प्रणाली (ग्लोबल प्रोडक्ट सिस्टम) सिर्जना गर्नमा ओमोडा इन्ड जेइको सफल भएको कम्पनीको भनाइ छ ।

नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइल्सको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि रहेको छ ।

सम्बन्धित समाचारहरू

१५० किलोमिटर रेन्ज दिने रिभोल्टको नयाँ मोटरसाइकल लन्च

१५० किलोमिटर रेन्ज दिने रिभोल्टको नयाँ मोटरसाइकल लन्च

रिभोल्ट मोटर्सले आरभी ४०० को नयाँ भेरिएन्ट आरभी४०० बीआरजेड इलेक्ट्रिक...

फोर्ड इकोस्पोर्ट जस्तै बीवाईडी युआन प्रो इलेक्ट्रिक कार

फोर्ड इकोस्पोर्ट जस्तै बीवाईडी युआन प्रो इलेक्ट्रिक कार

चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीले युआन प्रो इलेक्ट्रिक एसयूभी...

देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं स्थित प्राधिकरण परिसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...