ओमोडा एन्ड जेइकोद्वारा ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमण जित्ने मौका र थुप्रै लाभ

काठमाडौँ – नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्स प्रालिले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ नामसहित सीमित अवधिको लागि एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।

यो योजना २०८२ जेठ ४ देखि १० गतेसम्म तदनुसार मे १५ देखि २४, २०२५ सम्म ‘ओमोडा इ-फाइभ’ र ‘जेइको जे-सिक्स’ मोडलहरूमा लागू हुनेछ । यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ ।

‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ अन्तर्गत, ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन् जसमा नि:शुल्क १ वर्षको बीमा, एउटा नि:शुल्क ७ किलोवाटको चार्जर र ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टि समावेश रहेको छ ।

८० प्रतिशत फाइनान्सिङ सहित मात्र ५५ लाख ९९ हजारबाट सुरू हुने गाडीहरूको डेलिभरि, जेठ १७ तदनुसार मे ३१ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि उत्साहजनक पुरस्कारहरूको व्यवस्था गरिएको कम्पनीकाे भनाइ छ । जसअनुसार गाडी डेलिभरी गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् । साथै, दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।

नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ८० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो । यो योजनाले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्ने कम्पनीकाे अपेक्षा छ।

एसपीजी अटोमोबाइल्सले विद्युतीय गाडी रुचाउने तथा खरिद र अपग्रेड गर्न चाहने सम्पूर्णलाई नजिकैको ओमोडा एन्ड जेइको सोरुम भ्रमण गर्न र सीमित समयको लागि लागू हुने अफरहरूको लाभ लिन आह्वान गरेेकाे छ ।

सम्बन्धित समाचारहरू

होन्डाको पहिलो शक्तिशाली इलेक्ट्रिक बाइक डब्ल्युएन७ सार्वजनिक

होन्डाको पहिलो शक्तिशाली इलेक्ट्रिक बाइक डब्ल्युएन७ सार्वजनिक

होन्डाले इटालीको मिलानमा आयोजित ईसीआईएमए २०२५ मोटर शोमा आफ्नो पहिलो...

चांगानको नयाँ एसयुभी हुनेछ दिपल एस०५, यसै वर्ष आउँदै

चांगानको नयाँ एसयुभी हुनेछ दिपल एस०५, यसै वर्ष आउँदै

चांगानले आफ्नो प्रिमियम ईभी ब्रान्ड दिपल अन्तर्गत नयाँ इलेक्ट्रिक एसयुभी...

आइतबार एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक हुने

आइतबार एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक हुने

नेपाली बजारमा सर्बाधिक बिक्री हुँदै आइरहेको इलेक्ट्रिक एसयुभी एमजी जेडएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...