नामी नेपाल भित्रिएको १ वर्ष पुग्यो, अटो शोमै मनायो भव्य उत्सव
काठमाडौं, नेपाल – २३ अगस्ट, २०२५ – नामीले नेपालमा आफ्नो पहिलो मोडल नामी ०१...
पोखरा - गण्डकी प्रदेशका लागि ओमोडा जेइको तथा आईकार सवारी साधनहरूको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रालिले ब्रान्डको उल्लेखनीय सफलताको भव्य उत्सवका साथ पोखरामा नयाँ ओमोडा ई५ प्रो सफलतापूर्वक सार्वजनिकरण गरेको छ। कार्यक्रममा क्षेत्रका ११ भन्दा बढी नयाँ ओमोडा ई५ प्रो ग्राहकहरूलाई साँचो हस्तान्तरण समेत गरिएको थियो, जसले नयाँ मोडलप्रति ग्राहकहरूको उत्साहजनक विश्वास र आकर्षणलाई झल्काएको कम्पनीले बताएको छ।
यस कार्यक्रममा ग्राहकहरू, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, अटोमोबाइल पारखीहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेशमा विस्तार हुँदै गएको ओमोडा जेइको परिवारको सफलताको उत्सव मनाउनुका साथै ओमोडाको नवीनतम प्रिमियम विद्युतीय एसयूभी ओमोडा ई५ प्रोको अनावरण गरिएको थियो।
पोखरामा प्रवेश गरेदेखि नै ओमोडा जेइकोले ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गर्दै आएको छ। हालसम्म पोखरा तथा आसपासका क्षेत्रमा ३५० भन्दा बढी ओमोडा ई५, १०० भन्दा बढी जेइको जे६, ५० भन्दा बढी जेइको जे५, तथा ६० भन्दा बढी आईकार सवारी साधन ग्राहकहरूलाई हस्तान्तरण गरिसकिएको छ, जसले प्रिमियम तथा दिगो गतिशीलता समाधानप्रति बढ्दो आकर्षणलाई प्रतिबिम्बित गर्दछ।
यस उत्सवको अवसरमा ओमोडा जेइको नेपालले विशेष ग्राहक सम्मान कार्यक्रमअन्तर्गत पोखराका विद्यमान ओमोडा तथा जेइको ग्राहकहरूका लागि वारेन्टी कभरेजलाई ११ वर्षसम्म विस्तार गर्ने घोषणा गरेको छ। यसले ब्रान्डको दीर्घकालीन विश्वसनीयता, ग्राहक विश्वास तथा स्वामित्व सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रमुख अतिथि पोखरा, कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नबिन कार्की, साथै नेपालका लागि ओमोडा जेइको तथा आईकारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स तथा पोखराको डिलर एलाइट मोटर्सका निर्देशकहरू र उच्च व्यवस्थापन टोलीले ग्राहकहरूको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गरे । उनीहरूले पोखरामा हासिल भएको सफलता ओमोडा जेइको ब्रान्डको गुणस्तर, नवीनता तथा ग्राहक–केन्द्रित दृष्टिकोणको प्रत्यक्ष प्रमाण भएको उल्लेख गरे ।
सो अवसरमा एलाइट मोटर्स प्रालिका अध्यक्ष गोपाल बरालले भने - गण्डकी प्रदेशमा ओमोडा जेइकोको यात्रा अत्यन्तै उत्साहजनक र सफल रह्यो। ग्राहकहरूले देखाउनुभएको विश्वास र मायाले हामीलाई अझ उत्कृष्ट उत्पादन तथा सेवा प्रदान गर्न प्रेरित गरेको छ। नयाँ ओमोडा ई५ प्रोको सार्वजनिकरण तथा विस्तारित वारेन्टी कार्यक्रमको घोषणा हाम्रो ग्राहकप्रतिको सम्मान र नेपालको विद्युतीय सवारीसाधन यात्रालाई थप सशक्त बनाउने प्रतिबद्धताको प्रतीक हो।
नयाँ ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट आवरको ब्याट्री, ९९ किलोवाटको विद्युतीय मोटर, २८८ न्युटन मिटर टर्क, १९१ एमएम ग्राउण्ड क्लियरेन्स, स्पोर्ट मसाज सिट, १९ भन्दा बढी एडास सुरक्षा फिचरहरू, थप प्रिमियम इन्टेरियर तथा आकर्षक स्पोर्टी एक्सटेरियर डिजाइन जस्ता विशेषताहरू समावेश छन्।
नयाँ ओमोडा ई५ प्रोको मूल्य सिंगल टोन भेरिएन्टका लागि ५१ लाख ५९ हजार तथा डुअल टोन भेरिएन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, नयाँ ओमोडा ई५ प्रोप्रति ग्राहकहरूको उत्साहजनक बुकिङलाई मध्यनजर गर्दै कम्पनीले सीमित अवधिका लागि विशेष प्रारम्भिक मूल्यस्वरूप ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेको छ।
काठमाडौं, नेपाल – २३ अगस्ट, २०२५ – नामीले नेपालमा आफ्नो पहिलो मोडल नामी ०१...
काठमाडौं – इलेक्ट्रिक सवारी साधन अर्थात ईभी मर्मतका लागि काठमाडौं...
काठमाडौं – प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य सांग्रिला मोटर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...