ग्राहकले पाउन थाले ओमोडा ई५, यस्तो छ फिचर र मूल्य

काठमाडौं – विगत केही समययता प्रतिक्षा गरिँदै आएको इलेक्ट्रिक एसयूभी ओमोडा ई–५ को औपचारिक डेलिभरी सुरु भएको छ । नेपालका लागी आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बिहिबारदेखी उक्त एसयुभी ग्राहकलाई डेलिभरी दिन थालेको हो । सो नयाँ एसयूभीलाई कम्पनीले माघको दोस्रो साता औपचारिक लन्च गरेको थियो ।

चीनको प्रख्यात अटोमोबाइल उत्पादक चेरी अन्तर्गतको ईभी ब्राण्ड ओमोडा ई–५ नेपाल आउने चर्चा चलेसंगै सो नयाँ एसयूभी हात पार्न ग्राहकले प्रतिक्षा गर्दै आएका थिए । यसमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्यट्री रहेको छ, जसले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ ।

ओमोडा ई५ को प्रारम्भिक मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएकोमा हाल बढेर ६१ लाख ९९ हजार पुगेको छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युृअल स्क्रिन जस्ता विशेषता रहेका छन् ।

यसमा एडास ड्राइभिङ असिस्टेन्स सुविधा पनि रहेको छ, जस अन्तर्गत लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटाएयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ ।

ओमोडा ई५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू छन् ।

एक्सटेरियर फिचर अन्तर्गत यसमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिन्छ । यसको अर्को आकर्षण २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।

सम्बन्धित समाचारहरू

एमआईटीले ल्यायो इलेक्ट्रिक भेइकलको लागि नयाँ कोबाल्टमुक्त जैविक ब्याट्री

एमआईटीले ल्यायो इलेक्ट्रिक भेइकलको लागि नयाँ कोबाल्टमुक्त जैविक ब्याट्री

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अनुसन्धानकर्ताले...

अमेरिकी कम्पनीले हाइड्रोजनबाट चल्ने स्कुटर भारतमा लन्च गर्ने

अमेरिकी कम्पनीले हाइड्रोजनबाट चल्ने स्कुटर भारतमा लन्च गर्ने

अमेरिकाको सवारी साधन निर्माता कम्पनी ट्राइटनले भारतमा छिट्टै हाइड्रोजन...

जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर

जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर

काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...