डिलरशिपमा पुग्यो ओला इलेक्ट्रिक मोटरसाइकल, छिट्टै विक्री थालिने

ओलाले हालै लन्च गरेको इलेक्ट्रिक मोटरसाइकल भरतका डिलरशिपमा पुग्न थालेको छ । यसै महिनाको अन्त्यदेखी टेष्ट राइड क्याम्पेन सुरु गरेर नयाँ बाइक डेलिभरी दिने कम्पनीको योजना छ ।

ओलाले रोडस्टर एक्सलाई इन्ट्री लेभल सेगमेन्ट इलेक्ट्रिक बाइक, मिड सेगमेन्टमा रोडस्टर र प्रिमियम सेगमेन्टमा रोडस्टर प्रो लन्च गरेको थियो । बाइकमा धेरै उत्कृष्ट फिचर दिइएको छ ।

ओलाले आफ्नो नयाँ बाइकहरूमा धेरै ब्याट्रीको विकल्प प्रदान गरेको छ । रोडस्टर प्रोमा ८ र १६ किलोवाट क्षमताको ब्याट्री विकल्प दिइएको छ, जसले फुल चार्जमा ५७९ किलोमिटरको रेन्ज दिन्छ । साथै यसमा जडान गरिएको मोटरले ५३ किलोवाटको पावर र १०५ एनएम टर्क जेनेरेट गर्छ ।

रोडस्टरमा ३.५, ४.५ र ६ किलोवाटको ब्याट्रीको विकल्प उपलब्ध छ । जसका कारण यसले २४८ किलोमिटरको रेन्ज प्रदान गर्छ । ओला इलेक्ट्रिकको इन्ट्री लेभल सेगमेन्ट रोडस्टर एक्स इलेक्ट्रिक बाइक २.५, ३.५ र ४.५ किलोवाट क्षमताको ब्याट्री प्रदान गरिएको छ । यसको टप स्पिड २०० किलोमिटर रहेको छ ।

इलेक्ट्रिक बाइकमा एलईडी डीआरएल, यूएसडी फोर्क, टु च्यानल स्विच गर्न मिल्ने एबीएस, अगाडि र पछाडि डिस्क ब्रेक, कर्नरिङ एबीएस, इमर्जेन्सी एसओएस, स्पिड लिमिट अलर्ट, एडप्टिभ क्रुज कन्ट्रोल, कलिसन अलर्ट, रेस फर राइड, अर्बन रेन र अफ रोड मोड जस्ता फिचर दिइएको छ । जबकि इन्ट्री लेभल रोडस्टर एक्स इलेक्ट्रिक बाइकमा सीबीएस, डिस्क ब्रेक, स्पोर्टस, नर्मल, ईको राइडिङ मोड, टर्न बाई टर्न नेभिगेसन, ओटीए अपडेट र डिजिटल की लक जस्ता फिचर प्रदान गरिएको छ ।

ओलाले रोडस्टर एक्स इलेक्ट्रिक बाइकलाई ७५ हजार भारुमा लन्च गरेको थियो भने रोडस्टरको १ लाख ५ हजार भारु र रोडस्टर प्रो ८ को २ लाख भारु तोकेको छ ।

सम्बन्धित समाचारहरू

अभिनेत्री वर्षा राउत बनिन् ‘एवाेन भी’को ब्रान्ड एन्डोर्सर

अभिनेत्री वर्षा राउत बनिन् ‘एवाेन भी’को ब्रान्ड एन्डोर्सर

काठमाडाैं – सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एवाेन भीको ब्रान्ड...

होन्डा र सोनीको सहकार्य घोषणा : २०२५ मा इलेक्ट्रिक कार लन्च गर्दै, २०३० सम्म ३० ईभी ल्याउने

होन्डा र सोनीको सहकार्य घोषणा : २०२५ मा इलेक्ट्रिक कार लन्च गर्दै, २०३० सम्म ३० ईभी ल्याउने

जापानी कार निर्माता कम्पनी होन्डा र टेक कम्पनी सोनीले सन् २०२५ मा...

इलेक्ट्रिक गाडी दीगो ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार

इलेक्ट्रिक गाडी दीगो ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा दीगोको इलेक्ट्रिक गाडी ई८ किन्दा आइफोन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...