ओलाले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक स्कुटर लन्च गर्दै

सेप्टेम्बरमा इलेक्ट्रिक टु ह्विलर सेग्मेन्टमा नम्बर १ स्थानमा रहन सफल ओला इलेक्ट्रिकले भारतीय बजारमा नयाँ धमाका गर्ने तयारी गरेको छ । ओला इलेक्ट्रिकका सीईओ भाविश अग्रवालले अक्टोबर २२ मा ओलाले ठूलो घोषणा गर्ने बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार ओलाले नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने अनुमान गरिएको छ । यसको लागत लगभग ८० हजार भारु हुनेछ । ओलाका नयाँ इलेक्ट्रिक स्कुटरमा ओला एस१ मा जस्तै फिचर हुनेछ, तर यसमा सानो ब्याट्री प्याक हुनेछ । यसो भयो भने ओलाको सो स्कुटर आगामी दिनमा निकै नै कम मूल्यको स्कुटर हुनेछ ।

ओलाले एस१ स्कुटरमा ८.५ किलोवाटको पावर जेनेरेट गर्ने मोटर जडान गरेको छ । सो मोटर ३.९ किलोवाट क्षमताको ब्याट्रीसँग जोडिएको छ । यसले ३ सेकेण्डमा ० देखि ४० किलोमिटरको स्पिड लिन्छ । यसको टप स्पिड ११५ किमी प्रति घण्टा छ र यसले सिंगल चार्जमा १८१ किलोमिटरसम्मको रेन्ज दिन्छ ।

कम्पनीले यसमा ७५० वाटको पोर्टेबल चार्जर उपलब्ध गराउनेछ जसको मद्दतले ६ घण्टामा ब्याट्री फुल चार्ज हुनेछ । ओलाको हाइपरचार्जर स्टेशनले १८ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ ।

स्कुटरमा रिभर्स मोड, क्रुज कन्ट्रोल, फ्रन्टमा मोनोशक र फ्रन्ट तथा रियरमा डिस्क ब्रेक, ७ इन्चको टचस्क्रिन डिस्प्ले, अक्टा–कोर प्रोसेसर र ४जी, वाइफाइ र ब्लुटुथ कनेक्टिभिटीलाई सपोर्ट गर्ने ३ जीबी ¥याम भएको चिपसेट जस्ता फिचर समावेश छ ।

स्मार्टफोन एप र स्क्रिनको मद्दतले यसलाई लक अनलक गर्न सकिन्छ । स्कुटरको स्पिडोमिटर पनि परिवर्तन गर्न सकिन्छ । यसमा नेभिगेसन, स्पिडोमिटर, संगीत जस्ता विभिन्न चिजहरू परिवर्तन गर्न सकिन्छ । स्कुटरको स्पिड पनि सेट गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

होन्डाको निकै नै रुचाइएको एसयुभी सिआरभी र कियाको एमपीभी कार्निभल अहिले...

नेपाल सुपर लिगको फाइलन आज : यामाहा र किया नेपालको समर्थन प्राप्त कम्पनीको भिडन्त हुने

नेपाल सुपर लिगको फाइलन आज : यामाहा र किया नेपालको समर्थन प्राप्त कम्पनीको भिडन्त हुने

नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग...

आज किया क्यारेन्सको ग्लोबल डेब्यु हुँदै, यस्तो हुन सक्छ ५ सम्भावित मुख्य विशेषता

आज किया क्यारेन्सको ग्लोबल डेब्यु हुँदै, यस्तो हुन सक्छ ५ सम्भावित मुख्य विशेषता

दक्षिण कोरियाली कार निर्माता कम्पनी किया इन्डियाले आज भारतीय लाइनअपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...