टेस्लाको पहिलो इलेक्ट्रिक ट्रक पेप्सीलाई डेलिभरी, सामान्य कार भन्दा ३ गुणा शक्तिशाली
टेस्लाले आफ्नो इलेक्ट्रिक ट्रकको डेलिभरी पेप्सीलाई दिएको छ । सो...
काठमाडौं – भृकुटीमण्डमा आज देखि शुरु भएको विद्युतीय सवारी साधनको मेला ‘नाडा ईभी एक्सपो २०२२’ मा चर्चित ब्रान्ड ओलाको विद्युतीय स्कुटर सार्वजनिक भएको छ । नेपाली बजारका लागि दुई मोडल एस१ र एस१ प्रो सार्वजनिक भएको हो । नेपालका लागि आधिकारिक वितरकको रुपमा सीजी मोटर्सले ओला स्कुटर भित्र्याएको हो ।
ओला एस१ मा २.९८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसलाई सामान्य चार्जरको सहयोगले करिव ५ घण्टामा चार्ज गर्न सकिन्छ । फास्ट चार्जरको सहयोगले १८ मिनेटमै ७५ किलोमिटर रेन्ज दिने गरी चार्ज गर्न सकिन्छ । यसको रेन्ज १२१ किलोमिटर छ र अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा नर्मल र स्पोर्ट्स गरी दुई राइडिङ मोड छन् ।
एस१ प्रोमा ३.९७ किलोवाट आवरको ब्याट्री प्याक छ र यसलाई पनि फास्ट चार्जरको सहयोगले १८ मिनेटमै ७५ किलोमिटर रेन्ज दिने गरी चार्ज गर्न सकिन्छ । यसलाई फुल चार्ज गर्न भने सामान्य चार्जरमार्फत करिव साढे ६ घण्टा लाग्छ । यसको रेन्ज १८१ किलोमिटर छ र अधिकतम गति ११५ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा नर्मल, स्पोर्ट्स र हाइपर राइडिङ मोड गरी तीन राइडिङ मोड छन् ।
यी दुई स्कुटरको मूल्य आधिकारिक रुपमा बताइएको छैन । यद्यपि ओला एस१ को मूल्य ४ लाख भन्दा कम र एस१ प्रोको मूल्य ४ लाख ५० हजार रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ ।
टेस्लाले आफ्नो इलेक्ट्रिक ट्रकको डेलिभरी पेप्सीलाई दिएको छ । सो...
सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ क्रसओभरले सी–एनक्याप सेफ्टी र...
काठमाडौं – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...