२४ घण्टामै १ लाख ओला इलेक्ट्रिक स्कुटर बुकिङ

भारतमा बुकिङ खुलेको २४ घण्टामै ओला इलेक्ट्रिक स्कुटरले रेकर्ड बुकिङ कायम गरेको छ । सो अवधिमा १ लाख ओला बुकिङ भएका छन् । यससँगै यो विश्वकै सबैभन्दा छिटो बुकिङ हुने स्कुटर बनेको छ ।

नयाँ ओला इलेक्ट्रिक स्कुटरमा क्लास लिडिङ स्पिड, हाई रेन्ज, सबैभन्दा धेरै बुट स्पेसका साथै एड्भान्स्ड टेक्नोलोजी हुने दावी गरिएको छ । कम्पनीले यसको बिक्रीलाई व्यापक बनाउनका लागि मूल्य पनि किफायती राखिने बताएको छ । स्कुटरको मूल्य र फिचर आगामी दिनमा सार्वजनिक हुनेछ ।

भारतमा यो भन्दा पहिले विशेष गरी टीभीएस आईक्युब र बजाज चेतक जस्ता इलेक्ट्रिक स्कुटरले चर्चा पाइरहेका छन् ।

टीभीएस आइक्युब
टीभीएस आइक्युब इलेक्ट्रिक स्कुटर भारतमा १ लाख ८ हजार १२ रुपैयाँ भारु एक्स शोरुममा लन्च भएको छ । सो स्कुटरमा ४.४ केडब्ल्युको शक्तिशाली इलेक्ट्रिक मोटर समावेश गरिएको छ, जसले १४० एनएमको टर्क जेनेरेट गर्छ । सो स्कुटर ४.२ सेकेण्डमा ४० किलोमिटर प्रति घन्टासम्मको गति प्रदान गर्ने क्षमता रहेको छ । सो स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घन्टा रहेको छ । सो स्कुटर सिंगल चार्जमा अधिकतम ७५ किलोमिटर प्रदान गर्न सक्छ । स्कुटर कम्पनीको नेक्स्ट जेनेरेसन टीभीएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा आधारित हुनेछ र यसमा एड्भान्स टीएफटी क्लस्टर र टीभीएस आइक्युब एप समावेश गरिएको छ ।

बजाज चेतक
बजाज चेतक इलेक्ट्रिक स्कुटर भारतमा १ लाख १५ हजार भारुमा लन्च भएको छ । सो स्कुटरमा ३ केडब्ल्युएच व्याट्री प्याक समावेश गरिएको छ, जसले ४.८ केडब्ल्यु क्षमताको मोटरलाई पावर दिन्छ । सो मोटरले १६ एनएमको टर्क र ६.४४ बीएचपीको अधिकतम पावर जेनेरेट गर्छ । कम्पनीका अनुसार बजाज चेतक इलेक्ट्रिक स्कुटर इको मोडमा ९५ किलोमिटर र स्पोर्ट मोडमा ८५ किलोमिटर रेन्ज दिने क्षमता रहेको छ । सो स्कुटरमा सामान्य ५ए पावर सकेट मार्फत फुल चार्ज गर्नका लागि ५ घन्टाको समय लाग्छ भने १ घण्टामा २५ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यी कारणले निम्ताउन सक्छ बिद्युतिय साधनमा अगालागी

यी कारणले निम्ताउन सक्छ बिद्युतिय साधनमा अगालागी

बिद्युतिय साधनको लोकप्रियतासंगै यससंग जोडिएर आउने सुरक्षाले यस्ता साधन...

टेस्ला साइबरट्रकको पहिलो युनिट सार्वजनिक, चाँडै नै डेलिभरी हुने संकेत

टेस्ला साइबरट्रकको पहिलो युनिट सार्वजनिक, चाँडै नै डेलिभरी हुने संकेत

लगभग ४ वर्ष पहिले नोभेम्बर २०१९ मा टेस्लाले साइबरट्रक पिकअप मोडल...

ब्याट्री र चिपको मूल्य घट्ने, १७ लाखको ईभी ११ लाखमा उपलब्ध हुने

ब्याट्री र चिपको मूल्य घट्ने, १७ लाखको ईभी ११ लाखमा उपलब्ध हुने

ब्याट्री र चिप दुवैको मूल्य घट्ने भएको छ । यसले इलेक्ट्रिक सवारी साधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...