२४ घण्टामै १ लाख ओला इलेक्ट्रिक स्कुटर बुकिङ

भारतमा बुकिङ खुलेको २४ घण्टामै ओला इलेक्ट्रिक स्कुटरले रेकर्ड बुकिङ कायम गरेको छ । सो अवधिमा १ लाख ओला बुकिङ भएका छन् । यससँगै यो विश्वकै सबैभन्दा छिटो बुकिङ हुने स्कुटर बनेको छ ।

नयाँ ओला इलेक्ट्रिक स्कुटरमा क्लास लिडिङ स्पिड, हाई रेन्ज, सबैभन्दा धेरै बुट स्पेसका साथै एड्भान्स्ड टेक्नोलोजी हुने दावी गरिएको छ । कम्पनीले यसको बिक्रीलाई व्यापक बनाउनका लागि मूल्य पनि किफायती राखिने बताएको छ । स्कुटरको मूल्य र फिचर आगामी दिनमा सार्वजनिक हुनेछ ।

भारतमा यो भन्दा पहिले विशेष गरी टीभीएस आईक्युब र बजाज चेतक जस्ता इलेक्ट्रिक स्कुटरले चर्चा पाइरहेका छन् ।

टीभीएस आइक्युब
टीभीएस आइक्युब इलेक्ट्रिक स्कुटर भारतमा १ लाख ८ हजार १२ रुपैयाँ भारु एक्स शोरुममा लन्च भएको छ । सो स्कुटरमा ४.४ केडब्ल्युको शक्तिशाली इलेक्ट्रिक मोटर समावेश गरिएको छ, जसले १४० एनएमको टर्क जेनेरेट गर्छ । सो स्कुटर ४.२ सेकेण्डमा ४० किलोमिटर प्रति घन्टासम्मको गति प्रदान गर्ने क्षमता रहेको छ । सो स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घन्टा रहेको छ । सो स्कुटर सिंगल चार्जमा अधिकतम ७५ किलोमिटर प्रदान गर्न सक्छ । स्कुटर कम्पनीको नेक्स्ट जेनेरेसन टीभीएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा आधारित हुनेछ र यसमा एड्भान्स टीएफटी क्लस्टर र टीभीएस आइक्युब एप समावेश गरिएको छ ।

बजाज चेतक
बजाज चेतक इलेक्ट्रिक स्कुटर भारतमा १ लाख १५ हजार भारुमा लन्च भएको छ । सो स्कुटरमा ३ केडब्ल्युएच व्याट्री प्याक समावेश गरिएको छ, जसले ४.८ केडब्ल्यु क्षमताको मोटरलाई पावर दिन्छ । सो मोटरले १६ एनएमको टर्क र ६.४४ बीएचपीको अधिकतम पावर जेनेरेट गर्छ । कम्पनीका अनुसार बजाज चेतक इलेक्ट्रिक स्कुटर इको मोडमा ९५ किलोमिटर र स्पोर्ट मोडमा ८५ किलोमिटर रेन्ज दिने क्षमता रहेको छ । सो स्कुटरमा सामान्य ५ए पावर सकेट मार्फत फुल चार्ज गर्नका लागि ५ घन्टाको समय लाग्छ भने १ घण्टामा २५ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

१०० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ लिमिटेड एडिसन बीवाईडी एट्टो ३ फरेस्ट ग्रीन

१०० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ लिमिटेड एडिसन बीवाईडी एट्टो ३ फरेस्ट ग्रीन

काठमाडौं – अब बीवाईडी एट्टो ३ फरेस्ट ग्रीन रंगमा पनि उपलब्ध हुने भएको छ ।...

हरिबंश आचार्यलाई मन परेको इलेक्ट्रिक गाडी

हरिबंश आचार्यलाई मन परेको इलेक्ट्रिक गाडी

काठमाडौं – लोकप्रिय कलाकार हरिबंश आचार्यलाई मन पर्ने गाडी कुन होला ? उनले...

लुयानको नयाँ शोरुम नागपोखरीमा, पाँचौ वर्षको अवसरमा १५ हजार छुट र अन्य अफर

लुयानको नयाँ शोरुम नागपोखरीमा, पाँचौ वर्षको अवसरमा १५ हजार छुट र अन्य अफर

काठमाडौं – विगत ५ बर्षदेखि नेपाली बजारमा लुयान ब्रान्डका इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...