कति लाग्छ चार्ज गर्दा शुल्क ? घिसिङले भने – निजी क्षेत्रले लिने बढी शुल्क नियन्त्रण गर्छौ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी...
भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर निर्माता ओलाले बिक्रीमा नयाँ माइलस्टोन हासिल गरेको छ । कम्पनीले जनवरी १ देखि डिसेम्बर २३, २०२३ सम्म २ लाख ५२ हजार ६४७ युनिट बिक्री गरेको हो ।
यससंगै ओला इलेक्ट्रिक भारतमा एक वर्षमा २.५ लाख युनिटको अंक पार गर्ने पहिलो विद्युतीय २ पाङ्ग्रे ब्रान्ड बनेको छ । टिभिएसले दोस्रो सबैभन्दा बढी १ लाख ६२ हजार ३९९ युनिट बिक्री गरेको छ भने एथर इनर्जीले १ लाख १ हजार ९४० युनिट बिक्री गर्दै तेस्रो स्थानमा पर्न सफल भएको छ ।
ओलाले औषतमा प्रति महिना २० हजार हाराहारी स्कुटर बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीले नोभेम्बरमा सबैभन्दा धेरै २९ हजार ८९८ युनिट बिक्री गरेको थियो । कम्पनीको बजार हिस्सा ३०.५० प्रतिशत छ भने टिभिएस र एथरको क्रमशः १९.६० र १२.३० प्रतिशत छ ।
ओलाले हाल भारतमा ९० हजारदेखि १ लाख ४७ हजार भारुसम्मको ई–स्कुटर उपलब्ध गराउँदै आएको छ । कम्पनीको फ्ल्यागशिप मोडल एस१ प्रो भेरियन्टले सिंगल चार्जमा १९५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । सो स्कुटरमा ५ किलोवाट क्षमताको मोटर र ४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।
ओलालाई नेपाली बजारमा सिजी मोटर्सले कारोबार गर्ने सहमती भएपनि हालसम्म औपचारिक बिक्री भने प्रारम्भ भइसकेको छैन ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी...
इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनीहरूले सिंगल चार्जमा अधिकतम रेन्ज...
चिनियाँ अटो निर्माता जिकरले ४ लाख युनिट ईभी उत्पादनको माइलस्टोन हाँसिल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...