यी ५ विशेषतका कारण नेक्सन ईभी म्याक्स बन्ने छ बेस्ट इलेक्ट्रिक कार
टाटाले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार नेक्सन ईभी म्याक्स सार्वजनिक...
भारतीय इलेक्ट्रिक स्कुटर निर्माता ओकिनावाले २४ मार्चमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । ओखी ९० नाम गरेको यो स्कुटर निकै नै पावरफुल हुने कम्पनीले जनाएको छ । यो स्कुटरलाई एकपटक चार्ज गर्दा १५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
स्कुटर भैकन पनि यसको पावर तथा पर्फमेन्स भने मोटरसाइकल सरह हुने कम्पनीको भनाई छ । लिथियम आयोन ब्याट्री प्याक र पावरफुल इलेक्ट्रिक मोटर जडान गरिएको यो स्कुटरलाई ८० किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिने बताइएको छ । यसको मूल्य भारतीय बजारमा १ लाखदेखी १ लाख २० हजार रुपैयाँसम्म पर्ने आँकलन गरिएको छ ।
यो नयाँ स्कुरको हेडल्याम्प, टेल ल्याम्प र साइड इन्डिकेटरमा एलइडी लाइट दिइएको छ । यसमा दिइएको एलइडी इन्स्ट्रुमेन्ट क्लस्टरमा स्कुटरको गति, ब्याट्री चार्ज र रेन्जका बारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ । कनेक्टेड टेक्नोलोजी, भेहिकल अलर्ट, जिओ–फेन्सिङ, टर्न वाई टर्न नेभिगेसन, ई–कल र डाइग्नोस्टिक लगायत फिचर्स समेत यसमा पाउन सकिने संभावना देखिएको छ ।
यो स्कुटरले भारतीय बजारमा ओला एस१, सिप्मल वान, बजाज चेतक, एथर ५०० एक्स लगायत अन्य इलेक्ट्रिक स्कुटरसंग प्रतिस्पर्धा गर्नेछ । भारतमा लन्च भए लगत्तै यो नयाँ स्कुटर नेपाल समेत भित्रिने संभावना देखिएको छ । विक्की इन्टरप्राइजेजले ओकिनाव ब्रान्डका लागी नेपालको आधिकारिक बितरकका रुपमा कार्य गर्दै आइरहेको छ ।
टाटाले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार नेक्सन ईभी म्याक्स सार्वजनिक...
काठमाडौं – आगामी भाद्र ११ देखि प्रारम्भ हुने नाडा अटो शो २०२४ मा ओमोडा ई५ को...
साओमीले १३ सिरिजको फाइभजी स्मार्टफोनका साथै इलेक्ट्रिक स्कुटर ४ अल्ट्रा,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...