पेट्रोलियम पदार्थको अभाव हुन सक्ने सम्भावना, ढुवानी कर्ताहरुले गरे खोपको आग्रह
काठमाडौं – नेपाल पेट्रोलियम ट्यांकर चालक संघले खोपको व्यवस्था नभएसम्म...
काठमाडौं–पश्चिम एसियामा चर्किएको भू–राजनीतिक तनाव मत्थर भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । इरान, इजरायल र अमेरिकाबीचको विवादका कारण केही साताअघि आकाशिएको तेलको मूल्य पुनः युद्ध सुरु हुनुभन्दा अगाडिकै सामान्य अवस्थामा फर्किएको हो ।
आपूर्ति अवरुद्ध हुने जोखिम कम भएपछि विश्वभरका इन्धन उपभोक्ता तथा आयातकर्ता देशहरूले ठूलो राहत महसुस गरेका छन् ।
कुन तेलको मूल्य कति घट्यो?
बिहीबारको कारोबारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १.५५ प्रतिशतले ओरालो लागेर प्रतिव्यारेल ७२.६० अमेरिकी डलरमा झरेको छ । केही साताअघि मात्रै रणनीतिक मार्ग ’स्ट्रेट अफ होर्मुज’ प्रभावित हुने डरले यसको मूल्य प्रतिव्यारेल ९८ डलरसम्म पुगेको थियो ।
त्यस्तै, अमेरिकी डब्लूटीआई क्रुड १.२७ प्रतिशतले घटेर ६९.४५ डलरमा सीमित भएको छ । यता मर्बान क्रुडको मूल्यमा सबैभन्दा उच्च ४.५७ प्रतिशतको गिरावट आउँदै ६६.४५ डलर कायम भएको छ ।
दक्षिण एसियाली बजारमा यसको प्रभाव
नेपालले इन्धन आयात गर्ने मुख्य स्रोत अर्थात् भारतीय बास्केटको औसत मूल्य पनि घटेर ७५.२८ डलर प्रतिव्यारेल पुगेको छ भने ओपेक बास्केटको मूल्य ८०.२६ डलरमा सीमित भएको छ । विश्वको झन्डै २० प्रतिशत समुद्री तेल ओसारपसार हुने जलमार्ग सुरक्षित देखिएसँगै बजारमा छाएको त्रास हटेर मूल्य एकाएक ओरालो लागेको हो ।
काठमाडौं – नेपाल पेट्रोलियम ट्यांकर चालक संघले खोपको व्यवस्था नभएसम्म...
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।...
नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...