पेट्रोलमा ३ र डिजेलमा ५ रुपैयाँ वृद्धि

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. ३१.१९ र डिजेलमा प्रतिलिटर रु. ३९.६७ ले बढेर आए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको निर्णयअनुसार २०८३ साउन १८ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु. ३ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु. ५ ले मात्रै वृद्धि गरिएको छ।

पहिलो वर्गअन्तर्गत अब पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर रु. १९७.१५ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु. १९७.१५ कायम भएको छ। यसरी मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा रु. १ अर्ब ४९ करोड घाटा हुने देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक र निरन्तरको मूल्यवृद्धिका कारण निगम चरम आर्थिक दबाबमा परेको भन्दै सबै उपभोक्ता र सरोकारवालालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन निगमले विशेष अनुरोध समेत गरेको

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...