प्रदूषण नियन्त्रणका लागि हप्तामा दुई दिन विदा र जाेरविजाेर सवारी चलाउन मन्त्रालयको सुझाव

काठमाडौं - काठमाडौं उपत्यकामा बढिरहेको वातावरण प्रदूषण नियन्त्रणका लागि बिहीबार सहरी विकास मन्त्रालयमा छलफल भएको छ । आज भएको सरोकारवाला र विज्ञहरूसँगको छलफलमा काठमाडौं उपत्यकामा दैनिक बढिरहेको प्रदूषण नियन्त्रणका लागि हस्तामा दुई दिन सार्वजनिक बिदा दिने विषयमा छलफल भएको कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।

उनका अनुसार आज भएको विज्ञहरु र सरोकारवालाहरुको छलफलमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् । यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा समेत अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन् ।

मन्त्री सिंहले उद्योगधन्दा कलकारखाना लगायत अन्य पूर्वाधार निर्माणका कारण बढ्दै गएको प्रदूषण रोक्न पहल गर्ने विषयमा आफू गम्भिर रहेको समेत बताएका छन् । सम्बन्धित निकायसँग छलफल गरेर प्रदूषण न्यूनीकरण गर्ने विषयमा आफूले कदम चाल्ने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरू

गण्डकी प्रदेशमा ३ सय किमी सडक कालोपत्रे हुने

गण्डकी प्रदेशमा ३ सय किमी सडक कालोपत्रे हुने

काठमाडौँ – गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक...

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको आज सोमबार...

आज देखि पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

आज देखि पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...