नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको आज सोमबार ‘ब्रेक थ्रु’ भएको छ ।निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिएको हो । २०७६ कात्तिक ४ मा शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम सोमबार पूरा भएको हो ।

सुरुङमार्गमा ‘सुरुङ र सडक गरी कुल ५ दशमलब १३ किलोमिटर लामो तीन लेनको हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जाने बताइएको छ । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलब ४५ किमि हुनेछ ।

साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ ।

सुरूङ निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्नेछ। जाइकाले १६ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेको छ।

सम्बन्धित समाचारहरू

सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण अघि बढाउन १ अर्ब बजेट विनियाेजन

सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण अघि बढाउन १ अर्ब बजेट विनियाेजन

काठमाडौँ – सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने...

लुम्बिनी र मुक्तिनाथलाई जोड्यो कालीगण्डकी करिडोरले, भारतीय पर्यटकका लागि बन्यो छोटो बाटो

लुम्बिनी र मुक्तिनाथलाई जोड्यो कालीगण्डकी करिडोरले, भारतीय पर्यटकका लागि बन्यो छोटो बाटो

बागलुङ – कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो ।...

कान्ति राजमार्गको काम यस आवमा सकिने

कान्ति राजमार्गको काम यस आवमा सकिने

काठमाडौँ -सङ्घीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...