विद्युतीय सवारीको संशोधित करप्रति चिन्तित बीवाईडी : भन्यो – अवैज्ञानिक र तर्करहित कर
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले हालसालै...
काठमाडौँ – आगामी वैशाख १२ गते शुक्रबार, अप्रिल २५ मा ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्न गइरहेको बताएको छ । ‘ओ-युनिभर्स’ नामक यो अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ-ल्याब’ र जेइकोको अफरोड जीवनशैलीमा आधारित ‘जे-ल्यान्ड’का दुई फरक अनुभवहरू प्रदान गर्नेछ । यी अनुभवहरूले भविष्यको जीवनशैलीलाई पुन:परिभाषित गर्ने उद्देश्य लिएको छ ।
फ्युचरिस्टिक प्रविधिको उत्सव – ओमोडा ‘ओ-ल्याब’
ओमोडाको ‘ओ-ल्याब’ले प्रविधि र कलाको संगमसहित, सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिनेछ । ‘ओ-युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले ग्यालेक्सी (आकाशगङ्गा) काे झझल्को दिने अत्याधुनिक ‘एलईडी स्क्रिन’का भित्ताहरूमा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन् । सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तर्क्रियात्मक क्रियाकलापहरूसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन् । यसै अनुभव अन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि-सेभेन एसएचएस’ र पहिलो पूर्ण-रूपमा विद्युतीय गाडी ओमोडा ‘ई-फाइभ’को पनि प्रदर्शनी हुनेछ । यसका साथै, ‘सि-थ्रि साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमाहरूलाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहित एक ‘सररियल’ एवम् कलात्मक अनुभव सिर्जना गर्नेछ । यसले ‘जेनेरेसन जेड’हरूमा ‘मेका’बाट प्रेतित ‘मोबिलिटी’ र ‘डिजाइन’को नयाँ कल्पनाहरू प्रेरित गर्नेछ ।
क्याम्पिङ अनुभवलाई बदल्ने - जेइको ‘जे-ल्यान्ड’ को डेब्यु
ओमोडाको प्रविधि अनावरण हुँदै गर्दा जेइकोको ‘जे-ल्यान्ड’ प्रदर्शनीमा एक हरियालीपूर्ण वातावरणको झल्को दिनेछ । यही क्रममा पूर्ण-विद्युतीय लाइट-आउटडोर-एसयुभी ‘जे-फाइभ बीईभी’को प्रदर्शन हुनेछ । साथै जेइकोको नवीनतम ‘एसएचएस हाइब्रिड’ प्रविधि बाट सुसज्जित ‘जे-सेभेन एसएचएस’, र ‘जे-एट एसएचएस’ मोडलको पनि प्रदर्शन हुनेछ । यी अत्याधुनिक अफरोड गाडीहरूको लाइनअप आकर्षक अफरोड ‘रक्की प्लाटफर्म’मा प्रदर्शन गरिनेछ । यसले ती गाडीहरूको कठीन भू-भागमा पनि चल्न तयार क्षमताको प्रदर्शन गर्दै सहभागीहरूलाई पनि नयाँ भू-भागहरूमा घुम्न उत्प्रेरित र उत्साहित गर्दछ । प्रदर्शनीमा, जङ्गलमा क्याम्पिङ गर्दाको अनुभव र वातावरणलाई हुबहु उतार्नको लागि हरियाली घाँस, घना वनजङ्गल, र डाँडाकाँडा, चट्टानजस्ता विशेषताहरू प्रयोग गरिएको छ ।
‘इको-सो’(प्रदर्शनी)कै क्रममा सहभागीहरूले जे-फाइभ बीईभीकाे नयाँ "लाइट क्याम्पिङ" टेस्ट ड्राइभको अनुभव लिन सक्नेछन् । यो नौलो अनुभवले १० देशका अन्तर्राष्ट्रिय सञ्चार प्रतिनिधिहरूलाई सहरी क्षेत्रबाट विभिन्न चुनौतीपूर्ण भू-भागहरू पार गर्दै जङ्गलतर्फको यात्रामा लैजानेछ । यसले गाडीको टेस्ट ड्राइभमात्र नभई आउटडोर लाइफस्टाइल तथा जीवनशैलीको नयाँ दृष्टिकोण प्रदान गर्नेछ ।
यही अप्रिल २५ मा ओमोडा एन्ड जेइकोको ‘इको-सो’ सुरू हुँदैछ । यो "फ्युचर फेसन × डेलिकेट अफरोड"को नयाँ अनुभवको मज्जा लिँदै ओमोडा एन्ड जेइकोले भविष्यको जीवनशैली कसरी पुन:परिभाषित गर्दैछ भन्ने कुरा प्रत्यक्ष अवलोकन गर्न नेपालका लागि ओमाेडा एन्ड जेइकाेकाे आधिकारिक वितरक एसपीजी अटाेमाेबाइलले आह्वान गरेको छ ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले हालसालै...
काठमाडौं – नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका...
ओला स्कुटर लन्च भएसँगै सिम्पल वानले पनि ई–स्कुटर लन्च गरेको छ । जसको मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...