‘फ्युचर फेसन र डेलिकेट अफरोड’को अनुभव दिने ‘ओ-युनिभर्स’ अवधारणा सार्वजनिक गर्दै ओमोडा एन्ड जेइको

काठमाडौँ आगामी वैशाख १२ गते शुक्रबार, अप्रिल २५ मा ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्न गइरहेको बताएको छ । ‘ओ-युनिभर्स’ नामक यो अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ-ल्याब’ र जेइकोको अफरोड जीवनशैलीमा आधारित ‘जे-ल्यान्ड’का दुई फरक अनुभवहरू प्रदान गर्नेछ । यी अनुभवहरूले भविष्यको जीवनशैलीलाई पुन:परिभाषित गर्ने उद्देश्य लिएको छ ।

फ्युचरिस्टिक प्रविधिको उत्सवओमोडा-ल्याब

ओमोडाको ‘ओ-ल्याब’ले प्रविधि र कलाको संगमसहित, सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिनेछ । ‘ओ-युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले ग्यालेक्सी (आकाशगङ्गा) काे झझल्को दिने अत्याधुनिक ‘एलईडी स्क्रिन’का भित्ताहरूमा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन् । सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तर्क्रियात्मक क्रियाकलापहरूसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन् । यसै अनुभव अन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि-सेभेन एसएचएस’ र पहिलो पूर्ण-रूपमा विद्युतीय गाडी ओमोडा ‘ई-फाइभ’को पनि प्रदर्शनी हुनेछ । यसका साथै, ‘सि-थ्रि साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमाहरूलाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहित एक ‘सररियल’ एवम् कलात्मक अनुभव सिर्जना गर्नेछ । यसले ‘जेनेरेसन जेड’हरूमा ‘मेका’बाट प्रेतित ‘मोबिलिटी’ र ‘डिजाइन’को नयाँ कल्पनाहरू प्रेरित गर्नेछ ।

क्याम्पिङ अनुभवलाई बदल्ने - जेइकोजे-ल्यान्डको डेब्यु

ओमोडाको प्रविधि अनावरण हुँदै गर्दा जेइकोको ‘जे-ल्यान्ड’ प्रदर्शनीमा एक हरियालीपूर्ण वातावरणको झल्को दिनेछ । यही क्रममा पूर्ण-विद्युतीय लाइट-आउटडोर-एसयुभी ‘जे-फाइभ बीईभी’को प्रदर्शन हुनेछ । साथै जेइकोको नवीनतम ‘एसएचएस हाइब्रिड’ प्रविधि बाट सुसज्जित ‘जे-सेभेन एसएचएस’, र ‘जे-एट एसएचएस’ मोडलको पनि प्रदर्शन हुनेछ । यी अत्याधुनिक अफरोड गाडीहरूको लाइनअप आकर्षक अफरोड ‘रक्की प्लाटफर्म’मा प्रदर्शन गरिनेछ । यसले ती गाडीहरूको कठीन भू-भागमा पनि चल्न तयार क्षमताको प्रदर्शन गर्दै सहभागीहरूलाई पनि नयाँ भू-भागहरूमा घुम्न उत्प्रेरित र उत्साहित गर्दछ । प्रदर्शनीमा, जङ्गलमा क्याम्पिङ गर्दाको अनुभव र वातावरणलाई हुबहु उतार्नको लागि हरियाली घाँस, घना वनजङ्गल, र डाँडाकाँडा, चट्टानजस्ता विशेषताहरू प्रयोग गरिएको छ ।

‘इको-सो’(प्रदर्शनी)कै क्रममा सहभागीहरूले जे-फाइभ बीईभीकाे नयाँ "लाइट क्याम्पिङ" टेस्ट ड्राइभको अनुभव लिन सक्नेछन् । यो नौलो अनुभवले १० देशका अन्तर्राष्ट्रिय सञ्चार प्रतिनिधिहरूलाई सहरी क्षेत्रबाट विभिन्न चुनौतीपूर्ण भू-भागहरू पार गर्दै जङ्गलतर्फको यात्रामा लैजानेछ । यसले गाडीको टेस्ट ड्राइभमात्र नभई आउटडोर लाइफस्टाइल तथा जीवनशैलीको नयाँ दृष्टिकोण प्रदान गर्नेछ ।

यही अप्रिल २५ मा ओमोडा एन्ड जेइकोको ‘इको-सो’ सुरू हुँदैछ । यो "फ्युचर फेसन × डेलिकेट अफरोड"को नयाँ अनुभवको मज्जा लिँदै ओमोडा एन्ड जेइकोले भविष्यको जीवनशैली कसरी पुन:परिभाषित गर्दैछ भन्ने कुरा प्रत्यक्ष अवलोकन गर्न नेपालका लागि ओमाेडा एन्ड जेइकाेकाे आधिकारिक वितरक एसपीजी अटाेमाेबाइलले आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले सिंगापुरमा सार्वजनिक ग-यो १०० किलोवाटको बीवाईडी सिल

बीवाईडीले सिंगापुरमा सार्वजनिक ग-यो १०० किलोवाटको बीवाईडी सिल

विश्व प्रसिद्ध चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले...

प्रोटोन इमास ७ द्वारा २१ दिने नेपाल भ्रमण पूरा, मार्च २१ मा लन्च गरिने

प्रोटोन इमास ७ द्वारा २१ दिने नेपाल भ्रमण पूरा, मार्च २१ मा लन्च गरिने

काठमाडौं – जगदम्बा मोटर्सले प्रोटोन इमास ७ को सातवटै प्रदेशहरू पार गर्दै...

सफा टेम्पोमा नयाँ प्रविधिको ब्याट्री प्रयोग गरिने, परीक्षणका लागि तयार

सफा टेम्पोमा नयाँ प्रविधिको ब्याट्री प्रयोग गरिने, परीक्षणका लागि तयार

काठमाडौं – नेपाल इलेक्ट्रिक भेइकल इन्डष्ट्रि रिसर्च एन्ड इनोभेसन प्रालि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...