५० हजार माइलस्टोन पुगेको उपलक्ष्यमा एनटर्कियन राइडको आयोजना गरिदै

काठमाडौं – टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्कियनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गर्ने भएको छ ।

उक्त राइड कार्यक्रम असोज १६ गते शनिबार नक्सालको टीभीएस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म हुने छ । भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरुसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिने छ ।

यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्कियनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्कियन क्लबको गठन गर्नु हो । यसले सबै राइडरहरुलाई एक अर्कासँग जोड्नका लागि र आफ्नो एनटर्कियन अनुभव एक अर्कासँग बाडँ्न मद्दत गर्नेछ ।

लाइसेन्स भएका सबै एनटर्कियनहरुले जगदम्बा मोटर्स टीभीएसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर उक्त सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन् । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अप्नाएर आयोजना गरिदैछ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल टीभीएस परिवारमा ५० हजार सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी व्यक्त गर्दै सबै एनटर्क राइडरहरुलाई हार्दिक बधाई दिएका छन् । उनले यही संख्याको थप सँगै राइडरहरुका लागि एक सन्तोषजनक अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध भएको बताए । एनटिर्कयनहरुले यसको पूर्ण आनन्द लिने र उनीहरुको हरेक यात्रा आनन्दमय हुने विश्वास उनले व्यक्त गरे ।

सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँ देखि यसले सधैँ आºनो स्थान सुनिश्चित राखेको छ। हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबै भन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ । अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्च प्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ ।

नेपाली बजारमा टीभीएस एनटर्क पाँच मोडलमा रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् । जगदम्बा मोटर्सले केही समय पहिले नै नेपाली बजारमा ५० हजार एनटर्क स्कुटर बिक्री भएको घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

टीभीएस एनटर्क रेस एडिसन बेटर देन एफआई  आइतबार सार्वजनिक हुने

टीभीएस एनटर्क रेस एडिसन बेटर देन एफआई आइतबार सार्वजनिक हुने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

नयाँ वर्षमा टीभीएसका बाइक वा स्कुटर किन्दा के पाइन्छ ? आयो यस्तो अफर

नयाँ वर्षमा टीभीएसका बाइक वा स्कुटर किन्दा के पाइन्छ ? आयो यस्तो अफर

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...

टीभीएसले आकर्षक लुकसहितको इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक

टीभीएसले आकर्षक लुकसहितको इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक

टीभीएस मोटर कम्पनीले यसै महिनाको अन्त्यमा क्रियोन इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...