नासा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा मस्कुर अहमद
बुटवल – मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम र रोड सेफ्टी क्षेत्रमा...
काठमाडौं - नेपाल रोड रेसिङ च्याम्पियनसिपको सिजन २०२५ अन्तर्गत राउन्ड ३ सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार काभ्रेको धुलिखेलस्थित संयुक्त ड्राइभिङ स्कुलमा सम्पन्न सो च्याम्पियनसिपमा सायल गजमेर र श्रीहरी पौडेल विजयी बनेका छन् ।
सायल नोभिस क्याटागोरी र श्रीहरी नेसनल क्याटागोरीका विजेता बनेका हुन् । नोभिसतर्फ सुजित लामा र अभि रिसाल क्रमशः दोस्रो र तेस्रो भए भने नेसनलतर्फ दिलिप दनुवार र अभिनव राज मल्लले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।
नोभिस अन्तर्गत पहिलो पटक सहभागी राइडरहरु सम्मिलित थिए भने नेसनलमा पहिले नै सहभागी राइडरहरु सम्मिलित थिए ।
यामाहा नेपालको मुख्य प्रायोजनमा सम्पन्न सो प्रतियोगितामा प्रमुख अतिथिको रुपमा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु थिए भने अन्य अतिथिहरुमा यामाहा नेपालका कार्यकारी निर्देशक अनिल कुमार बराल, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सचिव निरज खड्का र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष सर्जल वैद्य लगायत थिए ।

समारोहमा विभिन्न पदाधिकारी, खेलाडी र प्रायोजक कम्पनीका प्रतिनिधिहरुले नेपालमा मोटर स्पोर्ट्स विकासका लागि धेरै कार्य गर्न बाँकी रहेको र आगामी दिनमा समेत मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा मोटर स्पोर्ट्स नेपाल क्लबले यो प्रतियोगिता आयोजना गरेको हो । मोटर स्पोर्ट्स नेपालले यो भन्दा पहिले पनि राउन्ड १ र राउन्ड २ को च्याम्पियनसिप सम्पन्न गरिसकेको छ ।

अटोमोबाइल सम्बन्धी विभिन्न कम्पनीहरुले सो इभेन्टका लागि सहकार्य गरेका थिए । यस अनुसार टु ह्विलर पार्टनर यामाहा, टायर पार्टनर रेज मोटो, सेफ्टी गियर पार्टनर कवच गियर आदि रहेका थिए भने पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको थियो ।
आगामी दिनमा समेत यस्ता कार्यक्रम आयोजना गर्दै जाने र खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सहभागिताका लागि प्रोत्साहन गरिने क्लबका अध्यक्ष सर्जल वैद्यले बताए ।
बुटवल – मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम र रोड सेफ्टी क्षेत्रमा...
काठमाडौं – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको टोली प्रस्थान...
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ विजेताहरुलाई एक विशेष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...